
Sign up to save your podcasts
Or


‘बितेका प्रेमिल सम्बन्धहरू कपुरजस्तै हुन्छन्, रहँदा बस्दा हराइजान्छन् ।’ विचारको ‘अर्बिट’ मा २–४ हरफ यसैगरी घुमिरहे...।
भुइँको टायल पखालेको पानीमा परावर्तन भएको सिलिङको झ्याल - निकै बेर स्थिर रहने फिल्मको पहिलो फ्रेम - लगातार आइरहने भुइँ पखालेको आवाज - त्यही झ्यालको आकारमाथिबाट उडिजाने जहाज - दृश्यले कविता भन्ने निर्देशकहरू मलाई मन पर्छन् ।
“अचेल एकै हरफ लेख्दापनि एक किसिमको डर लाग्छ” भनेर केहि दिनअघि अनुप सरलाई भन्दाखेरी मैले ढाँटेको थिइनँ । कहिलेकाहिँ, जति सचेत हुन खोज्यो त्यति अचेत भइन्छ ।
“आउँदा जाँदा बाटामा दृश्यहरु छुट्छन्, आवाजहरु छुट्छन्, केहि गन्धहरु छुट्छन् धेरैपल्ट । झुल्के घामका सुनौला किरणहरुले छुटेका तिनै कुराहरु देखाइदिन्छन् कोहिबेला ।”
“पृथ्वीको स्थापत्य सामान्य छ। मान्छेहरु आधी रातमा चिच्याउँदै बाहिर निस्किनुपरेको छैन। फेरि भुइँचालो आउनु पहिला मलाई यी अक्षर टाँसिएका पानाहरु छिचोलिसक्नु छ। (काठमाडौँ– २०१५)”
From the publisher's feed