Share Ra Ekkaichhin
Share to email
Share to Facebook
Share to X
By Saayad Ashok
The podcast currently has 17 episodes available.
यहि बीचमा कुमार नगरकोटीले एकफेर खुइय गरेछन् । उनको हातको चुरोटको टुप्पोबाट एक ढिक्को खरानी खस्यो र म त्यहि खरानी हत्केलामा लिएर उनी भएठाउँ पुगेँ । बादलको एउटा टापुमा उनी बैजनी रंगको स्कार्फ ओछ्याउँदै थिए ।
(रातको शून्य प्रहर, नाङ्गा रुखहरुको बीचमा उभिएको ल्याम्प–पोस्ट, त्यसको प्रकाश खसेको भुइँ अनि त्यो भुइँमा
बनेको एउटा इमेज – आफूलाई खोज्दोरहेछ कोहि ।)
यो संसारमा भिड्भित्रै एक्लो हुन खोज्नेहरु छन्, जोडिने चाहना सबैभन्दा धेरै तिनैलाई छ । एक्लिन खोज्नेहरुका नाममा एउटा चिठ्ठी यतिखेरै लेख्न मन लाग्यो र दिन मन लाग्यो भिड्को ठेगाना ।
कहिले त,
खाली तिमी हुनुको आशिषले मलाई तै तै टिकाए झैँ लाग्छ।
तर यो प्रेम बर्जित शहरमा कसोरी म प्रेमको परिभाषा कोरुँ!
प्रेमको एउटा कथा यसै हराइजाला उसोभए।
हाम्रा साथी हाम्रा साथी रहेनन्, हाम्रा सपना हाम्रा सपना रहेनन्। हामी नै हामी रहेनौँ। हामी खै को हो को हो भयौँ। तर यो परिवर्तनको साक्षी बसेरै पनि हामीले हाम्रै उपस्थितिहरुमाथि आलोचनात्मक दृष्टि लगाउन सकेनौँ।
यात्रामा आफूमात्रै हिडिँदैन, आफ्ना विचारहरु पनि हिँड्छन्। अरुका विचारहरु पनि हिँड्छन्। यात्राले सम्बन्धहरु बलियो बनाउँछन्।
त्यो किरिङमिरिङ अक्षर पनि त्यसैगरी मुस्कुरायो जसरी ‘लाभ डियाज’ मुस्कुराउँदै अगाडिको ‘पोडियम’मा पुगेर भनेका थिए, ‘वेलकम अल द ब्रेभ पिपल ।’
तिमीभन्दा पर
कुनै संसार छैन
जहाँ मेरो अस्तित्व जीवित् छ
प्रिय,
अब अँध्यारा दिनहरुलाई बिदा गरौँ ।
किनभने, पहिला आफू भएको बिर्सिंदै जाने रहेछ । म केटाकेटी छँदा अलि ठूलो, १२–१३ वर्षको भएको कल्पना गर्थेँ । १२–१३ को हुँदा २०–२१ को । विस्तारै २७–२८ को । सधैँ बढिरहने उमेरको कल्पनामा आफ्नो वास्तविक उमेरलाई आत्मसात् नगर्ने एउटा भ्रमिल काम गरिरहेँ ।
कहिलेकाहिँ के गरौँ के गरौँ भयो भने मान्छेले बाटोमा कोरिएका धर्साहरु पनि गनेर भ्याउँछ। पात झरेका रुखहरु पनि मान्छेजस्तै देख्छु कहिलेकाहिँ। पूर्णिमाको जून थाहा नपाउने गरी हिँडिरहेको जस्तो लाग्छ।
The podcast currently has 17 episodes available.