Ra Ekkaichhin

Ra Ekkaichhin

Download on the App Store

Ra Ekkaichhin episodes

  • एक्लिन खोज्नेहरुका नाममा - शायद अशोक

    यो संसारमा भिड्भित्रै एक्लो हुन खोज्नेहरु छन्, जोडिने चाहना सबैभन्दा धेरै तिनैलाई छ । एक्लिन खोज्नेहरुका नाममा एउटा चिठ्ठी यतिखेरै लेख्न मन लाग्यो र दिन मन लाग्यो भिड्को ठेगाना ।

    13 min
  • कथाको मीठ्ठो ‘आइसोलेसन’ - सायद अशोक

    कहिले त, 

    खाली तिमी हुनुको आशिषले मलाई तै तै टिकाए झैँ लाग्छ। 

    तर यो प्रेम बर्जित शहरमा कसोरी म प्रेमको परिभाषा कोरुँ!

    प्रेमको एउटा कथा यसै हराइजाला उसोभए।

    14 min
  • म सँगसँगै - सायद अशोक

    हाम्रा साथी हाम्रा साथी रहेनन्, हाम्रा सपना हाम्रा सपना रहेनन्। हामी नै हामी रहेनौँ। हामी खै को हो को हो भयौँ। तर यो परिवर्तनको साक्षी बसेरै पनि हामीले हाम्रै उपस्थितिहरुमाथि आलोचनात्मक दृष्टि लगाउन सकेनौँ।

    11 min
  • लाभ डियाज इन पर्सन - सायद अशोक

    त्यो किरिङमिरिङ अक्षर पनि त्यसैगरी मुस्कुरायो जसरी ‘लाभ डियाज’ मुस्कुराउँदै अगाडिको ‘पोडियम’मा पुगेर भनेका थिए, ‘वेलकम अल द ब्रेभ पिपल ।’

    12 min
  • कुनै घुम्तीमा ‘ब्लिंक एन्ड मिस’ - सायद अशोक

    किनभने, पहिला आफू भएको बिर्सिंदै जाने रहेछ । म केटाकेटी छँदा अलि ठूलो, १२–१३ वर्षको भएको कल्पना गर्थेँ । १२–१३ को हुँदा २०–२१ को । विस्तारै २७–२८ को । सधैँ बढिरहने उमेरको कल्पनामा आफ्नो वास्तविक उमेरलाई आत्मसात् नगर्ने एउटा भ्रमिल काम गरिरहेँ ।

    14 min
  • फ्र्याग्मेन्ट्स - सायद अशोक

    कहिलेकाहिँ के गरौँ के गरौँ भयो भने मान्छेले बाटोमा कोरिएका धर्साहरु पनि गनेर भ्याउँछ। पात झरेका रुखहरु पनि मान्छेजस्तै देख्छु कहिलेकाहिँ। पूर्णिमाको जून थाहा नपाउने गरी हिँडिरहेको जस्तो लाग्छ।

    10 min
  • अ (रोमा) - सायद अशोक

    भुइँको टायल पखालेको पानीमा परावर्तन भएको सिलिङको झ्याल - निकै बेर स्थिर रहने फिल्मको पहिलो फ्रेम - लगातार आइरहने भुइँ पखालेको आवाज - त्यही झ्यालको आकारमाथिबाट उडिजाने जहाज - दृश्यले कविता भन्ने निर्देशकहरू मलाई मन पर्छन् ।

    16 min

About Ra Ekkaichhin

From the publisher's feed

फरक समय र सन्दर्भमा पनि अक्षरको आकार स्पष्ट होस् भन्ने चाहनाले एकफेर लेखिसकिएका अक्षरहरू चुपचाप बस्न मान्दैनन् । सायद अक्षरहरको यहि चक्चक् गर्ने बानीले हामीलाई खोजतिर निरन्तर धकेलिरहने होला । त्यहि भएर अक्षरहरु संगीत बन्छन्, फिल्मका दृश्यहरु बन्छन् र बन्छन् सम्झनाका धमिला तस्बिरहरु ।