‘सांख्य परिचय’ श्रव्यचिन्तनमा पूर्वीय दर्शनहरू मध्यको सांख्य दर्शनको परिचय प्रस्तुत गरिएको छ । पूर्वीय सभ्यताले सर्वप्रथम चिन्तन गरेको दर्शनका रूपमा सांख्य दर्शनलाई मानिन्छ । यसका प्रणेता आदिविद्वान् कपिलमुनि हुन् । दर्शनमा वेदलाई आधारित गरेर आस्तिक र नास्तिक विभाग मानिएको छ । यसै अन्तर्गत प्राथमिक आस्तिक दर्शनका रूपमा निरीश्वर-सांख्य दर्शनलाई लिइएको छ । सांख्य शब्दको विवेचन गर्दै २५ तत्त्वको सम्यग्-ख्याति अर्थात् राम्ररी ज्ञान गरेर त्यसका माध्यमबाट मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने मत सांख्य दार्शनिकहरुको रहेको छ । २५ तत्त्वमा पनि २ तत्त्वलाई मुख्य मानिएको छ - प्रकृति र पुरुष । त्रिगुणात्मिका प्रकृति र निर्गुण, चेतन, विवेकी पुरुषको परिचय पनि यसमा दिइएको छ भने प्रकृतिका तीन गुणले पुरुषमा पार्ने प्रभावको पनि चर्चा गरिएको छ । यसरी कार्यकारणभावका आधारमा, सत्कार्यवादको आलोकमा प्रकृति र पुरुषको परिचयात्मक चिन्तन यस भागमा गरिएको छ ।
'Sankhya Parichay' introduces Sankhya philosophy among the Eastern philosophies. The eastern civilization,the first philosophy of civilization is the Sankhya philosophy. Its originator is Adi-Vidvan Kapil Muni. The eastern philosophy is based on the Vedas, and is considered to be Astika or Nastika. Under this, the Sankhya philosophy has been taken as the Astika philosophy. The Sankhya philosophers are of the opinion that salvation can be attained through the knowledge of the 25 elements, that is, by knowing them well. Of the 25 elements, two are considered the main ones - Prakriti(nature) and Purusha(Aatma). It also introduces the three gunas of nature, and the effects of the three gunas of Prakriti on man is also discussed. Thus, on the basis of causality, in the light of virtuousness, the introductory contemplation of nature and man is done in this part.