२२ वर्षअघि छविराज ओझाले निर्माण गरेको चलचित्र ‘हिरो’, रेखा थापाका लागि नेपाली चलचित्र यात्राको सुरुवाती विन्दु थियो ।
त्यसता बनेका सबैजसो रेखाले अभिनय गरेका चलचित्र हेर्दा प्रेमिका वा कम्जोरभन्दा पनि विद्रोही पात्रको रूपमा धेरै देख्न सकिन्छ ।
नेपाली चलचित्रमा कलाकार करिस्मा मानन्धरपछि सबैभन्दा धेरै सक्रिय मानिने रेखा थापालाई अभिनयको जग बसाउन निर्देशक नरेश पौडेल, निर्माता छबिराज ओझाको भूमिका महत्वपूणर् मानिन्छ ।
निर्माता, निर्देशकले पनि समाज रुपान्तरणको सन्देश पुर्याउने भूमिकामा उहाँलाई केन्द्रीत गर्दै गए ।
‘वरमाला’, ‘सहारा’, ‘मेरो एउटा साथी छ’ लगायत २ सयभन्दा धेरै चलचित्रमा अभिनय गर्दा मुख्य भूमिमा रेखा थाा धेरै देखिनुभयो । आफैँले निर्देशन गरेको चलचित्रमा
घनायक’ को रूपमा पनि रेखा स्थापित भएको पाइन्छ ।
‘काली’, ‘हिम्मतवाली’, ‘रामप्यारी’, ‘मालिका’ नायिका रेखा थापाले आफ्नै संलग्नतामा निर्माण गरेका चलचित्र हुन् । समाजमा सकारात्मक सन्देश दिने खालका चलचित्रको असर दर्शकमा लामो समयसम्म रहने उहाँको अनुभव छ ।
‘दिदीबहिनी, दाजुभाइ वा बुवाआमाहरूसँग बेलाबखत अन्तरक्रिया, भेटघाट हुँदा उहाँहरूले मेरो छोरी वा बालबालिका पनि तपाईँ जस्तै होस् भन्ने तपाईँको चलचित्र हेर्दा लाग्छ भन्नुहुन्छ ।’ थापाले सुनाउनुभयो, ‘मैले सबैका लागि चलचित्र बनाउने र अभिनय गर्ने हो तर धेरैले छोरीको रूपमा अझ बढी लिएको पाउँछु ।’
बालविवाह, दाइजोप्रथा र लैङ्गिक समानता, किशोरीहरूको सशक्तिकरण पछिल्लो समयमा रेखा थापाले निर्माण र अभिनय गरेका चलचित्रका विषयवस्तु हुन् ।