घरैपिच्छे सेता र राता रङ्गका ध्वजा, साथमा सूर्य अङ्कित झण्डा । प्रायः सबै घरमा यस्तै ध्वजा फहराउनु लारुम्वाको पहिचान हो । यी ध्वजालाई उनीहरूले भगवान् शिव, पार्वती र गणेशको प्रतीकको रूपमा लिन्छन् ।
१५ सय घरपरिवारको बसोबास रहेको यो गाउँमा लगभग ७ हजार जनसङ्ख्या छ । गाउँमा मदिरा, पशु बली, कुनै पनि किसिमको हिंसा निषेधत गरिएको छ ।
किराँत समुदायको यो धार्मिकस्थलमा जाँड, रक्सी, चुरोट, खैनी, सुर्ति, मासु खान पाइँदैन ।