आत्महत्या रोकथामका लागि विभिन्न अभियान भए पनि यो रोकिएको छैन । बालबालिकादेखि वृद्धवृद्धासम्मले आत्महत्या गरेको खबर बेलाबेला सार्वजनिक भैरहन्छ । आत्महत्या गर्नेमा युवायुवतीको संख्या अझै धेरै छ । के कारणले आत्महत्या बढेको छ ? यसलाई कसरी रोक्न सकिन्छ ? भनेर वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायसँगको कुराकानी सुनौं ।