कार्यक्रममा हामीले बालबिबाह , लैगिंक हिंसा न्युनिकरण, समाजमा रहेका हानिकारक मुल्यमान्यता, महिला अधिकार, महिला तथा किशोरीमाथि हुने गरेका हिंसा, सेवा प्रदायक संघसस्थाको भुमिका र कानुनी प्राबधानका बिषयमा छलफल गर्नेछौ । आठौं अंकमा किशोरीको नागरिताको विषयमा रहेर किशोरी अधिकार मंच कपिलवस्तुका सदस्य अन्जु चौहान र सलमा हुसेन एबम महिला मानव अधिकार रक्षक संजाल रुपन्देही का अध्यक्ष अधिबक्ता हेमा न्यौपाने संग कुराकानी गरेका छौ । कार्यक्रम हरेक साताको मंगलबार बिहान ७ ः३० बजेदेखि ८ बजे सम्म र पुन प्रसारण बुधबार साझ ८ बजे देखि ८ ः ३० बजेसम्म पनि सुन्न सक्नुहुन्छ , साथै रेडियोको वेबसाइट www.radiomukti.org र हाम्रोपात्रोमा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि सुनन सक्नुहुन्छ ।