भारतको रक्सौलदेखि काठमाण्डूको खोकनासम्म बन्ने भनिएको अन्तरदेशीय रेलमार्गसम्बन्धी प्रतिवेदन भारतले तयार गरेर नेपाललाई सुझावका लागि दिएको छ। उक्त प्रतिवेदन अनुसार रेलमार्ग करिब १४१ किलोमिटरको हुने र त्यसमध्ये करिब ४०/४१ किलोमिटर सुरुङमार्ग बनाउनुपर्ने उल्लेख छ। प्राविधिक पक्ष विश्लेषण गरिएको उक्त प्रतिवेदनको अध्ययन अब भौतिक पूर्वाधार मन्त्रालय र रेल विभागले गरेर त्यसको प्रतिक्रिया भारतलाई दिनुपर्नेछ। यसै विषयमा हामीले रेल विभागका महानिर्देशक रोहितकुमार बिसुराललाई सम्पर्क गरी सुरुमा सोधेका छौँ, "यो प्रतिवेदनमा के के कुरा उल्लेख गरिएको छ?"