बीबीसी नेपाली पडकास्ट

बीबीसी नेपाली पडकास्ट

By BBC Nepali RadioNews
Download on the App Store

बीबीसी नेपाली पडकास्ट episodes

  • अन्तर्वार्ताः थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला उपयुक्त हो?

    भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिले थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसलाको पूर्णपाठ आएको छ। यसै सन्दर्भमा हामीले सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश बलराम केसीलाई पछिल्लो फैसला सुशासनको दृष्टिकोणले अथवा नागरिकको अधिकार उपभोगको हिसाबले उपयुक्त हो भनेर सोधेका छौँ।

    4 min
  • अन्तर्वार्ताः 'सजाय माफीमिनाहामा कानुन होइन, नियत खराब'
    संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल पनि आलोचनाको निशानामा परेका छन्। संविधान र कानुनमै सजाय माफीमिनाहाको व्यवस्था गर्नुको उद्देश्य र त्यसको कार्यान्वयनबारे कानुन मन्त्रालयका सचिव रहिसकेका पूर्वमन्त्री माधव पौडेलसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी सुन्नुहोस्।
    5 min
  • अन्तर्वार्ताः मुटुलाई स्वस्थ राख्न के गर्नुपर्छ?
    विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग के खोज्छ भनेर सोधेकी छन्।
    20 min
  • अन्तर्वार्ताः कांग्रेसकै नेताहरू सरकार र पार्टी नेतृत्वको विरोधमा किन?
    नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो भनेर सोधेका छन्।
    7 min
  • अन्तर्वार्ताः शिक्षा विधेयकप्रति शिक्षकहरूको दुई धार किन?
    सरकारले शिक्षा ऐनमा परिमार्जन गर्नेलगायत छ बुँदे सहमति जनाएपछि शिक्षकहरूले काठामाण्डूकेन्द्रित आन्दोलन फिर्ता लिएका छन्। देशभरिका सार्वजनिक विद्यालयका शिक्षकहरूले बुधवारदेखि शिक्षण संस्था बन्द गरेर काठमाण्डूकेन्द्रित आन्दोलन गरिरहेका थिए। तर नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले त्यसमा आफूहरूको सहमति नरहेको बताएका छन्। अर्कोतर्फ नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले सहमतिको स्वागत गरेकी छन्। अधिकारी र तुलाधरसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी सुन्नुहोस्।
    8 min
  • अन्तर्वार्ताः प्रचण्ड अमेरिकाबाटै चीन भ्रमणमा जान लाग्दा प्रश्न किन?
    चिनियाँ र नेपाली दुवै पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बिहीवार औपचारिक घोषणा गरेका छन्। नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २३ देखि ३० तारिखसम्म चीनको भ्रमण गर्ने जनाएको छ। सो क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलगायत चिनियाँ नेतासँग भेटवार्ता गर्ने विज्ञप्तिमा उल्लेख छ। राष्ट्रसङ्घीय महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रचण्ड उतैबाट चीन जाने कार्यक्रम छ। तर प्रधानमन्त्री अमेरिकाबाटै चीन जान लागेकामा कतिपयले असन्तोष व्यक्त गरेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यलाई कूटनीतिक रूपमा नेपालका प्रधानमन्त्रीले त्यसो गर्न नमिल्ने के छ भनेर सोधेका छन्।
    7 min
  • अन्तर्वार्ताः शेखर कोइराला किन सरकार फेर्ने पक्षमा छन्
    नेपाली कांग्रेसको संस्थापनइतर खेमाका नेता शेखर कोइरालाले बुधवार सभापति शेरबहादुर देउवासँग भेट गरी चर्को असन्तुष्टि व्यक्त गरेको खबर आएको छ। आफ्नो खेमाको मङ्गलवार भएको बैठकपछि उनले सभापतिलाई भेटेका हुन्। बीबीसी न्यूज नेपालीका शरद केसीले उक्त भेट र सरकारप्रति कोइरालाले जनाइरहेको असन्तुष्टिबारे उनीसँग कुराकानी गरेका छन्। शुरूमा उनले कोइरालालाई के तपाईँले पार्टी सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो भनेर सोधेका छन्।
    6 min
  • अन्तर्वार्ताः नेपालमा १०३ प्रकारका एन्टिबायोटिक प्रयोगमा रोक
    औषधि व्यवस्था विभागले यसै साता एउटा सूचना जारी गर्दै १०३ प्रकारका एन्टिबायोटिक औषधि र खासगरी तिनका सम्मिश्रणलाई अब प्रयोग र बेचबिखनमा रोक लगाउने भनेको छ। उक्त सूचीमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सन् २०२१ मै सिफारिस नगरिएका भनेर जारी गरेका औषधिहरूलाई समेटिएको छ। यसै सन्दर्भमा विभागका महानिर्देशक नारायण ढकाललाई पछिल्लो निर्णय गरिनुका कारणबारे बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले सोधेका छन्।
    6 min
  • अन्तर्वार्ताः के माधवकुमार नेपाल र झलनाथ खनालबीच वाक्‌युद्ध शुरू भएको हो?
    सत्तारूढ नेकपा एकीकृत समाजवादीभित्र व्याप्त असन्तुष्टि पछिल्ला दिनमा छरपस्ट भएको छ। पार्टीका सबै तहसम्म निर्णयसम्बन्धी परिपत्र गरिएपछि मतभिन्नता पनि बाहिर आएको हो। त्यसप्रति सार्वजनिक रूपमा उक्त दलका नेता तथा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमवार त्यसबारे कुनै टिप्पणी गरेनन्। तर नेता खनाललाई लक्षित गर्दै केही भनाइ सार्वजनिक गरेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका शरद केसीले पूर्वप्रधानमन्त्री खनाललाई के तपाईँ र अध्यक्ष नेपालबीच वाक्‌युद्ध शुरू भएको हो भनेर सोधेका छन्।
    6 min

About बीबीसी नेपाली पडकास्ट

From the publisher's feed

समसामयिक विषयमा अन्तर्वार्ता, बहस र बीबीसी नेपाली सेवाले तयार पारेका अन्य विविध अडिओ सामग्रीहरू पडकास्टका रूपमा सुन्नुहोस्

More shows like बीबीसी नेपाली पडकास्ट

Global News Podcast by BBC World Service

Global News Podcast

7,601 Listeners

Newshour by BBC World Service

Newshour

1,046 Listeners

In Our Time by BBC Radio 4

In Our Time

5,487 Listeners

The Documentary Podcast by BBC World Service

The Documentary Podcast

1,793 Listeners

6 Minute English by BBC Radio

6 Minute English

1,829 Listeners

Learning English Conversations by BBC Radio

Learning English Conversations

1,038 Listeners

The Infinite Monkey Cage by BBC Radio 4

The Infinite Monkey Cage

1,902 Listeners

13 Minutes: Trouble with Hubble by BBC World Service

13 Minutes: Trouble with Hubble

4,179 Listeners

You're Dead to Me by BBC Radio 4

You're Dead to Me

3,211 Listeners

Americast by BBC News

Americast

708 Listeners