बीबीसी नेपाली पडकास्ट

बीबीसी नेपाली पडकास्ट

By BBC Nepali RadioNews
Download on the App Store

बीबीसी नेपाली पडकास्ट episodes

  • अन्तर्वार्ताः विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा देशभरिका शिक्षकहरू आन्दोलनमा
    सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा देशभरिका शिक्षकहरू आन्दोलित बनेका छन्। माग सम्बोधन नगरिए असोज ३ गतेबाट काठमाण्डूकेन्द्रित सडक आन्दोलन गर्ने चेतावनी पनि नेपाल शिक्षक महासङ्घले दिएको छ। यसै सन्दर्भमा महासङ्घकी अध्यक्ष कमला तुलाधरलाई बीबीसी न्यूज नेपालीका गनी अन्सारीले प्रस्तावित विधेयकप्रति तपाईँहरूको आपत्ति किन भनेर सोधेका छन्।
    7 min
  • अन्तर्वार्ताः सुन तस्करी प्रकरण ‘अन्तरदेशीय अपराधको स्पष्ट उदाहरण’
    बहुचर्चित सुन तस्करी प्रकरणमा प्रहरीले विदेशीसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। पहिलो चरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। सुन तस्करी काण्डको अनुसन्धानको नेतृत्व गरेकी सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो घटना अन्तरदेशीय अपराधको स्पष्ट उदाहरण भएको बताइन्। बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले बज्राचार्यसँग गरेको कुराकानी सुन्नुहोस्।
    4 min
  • अन्तर्वार्ताः के हृदयाघात भएका व्यक्तिलाई बचाउन सकिन्छ?
    नेपालमा पछिल्ला वर्षमा हृदयाघातबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या बढ्न थालेको चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार ४० वर्ष कटेपछि मानिसहरूलाई हृदयाघातको जोखिम अझ बढ्दै जान्छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले के हृदयाघात भएका व्यक्तिलाई बचाउन सकिन्छ भनेर सोधेका छन्।
    7 min
  • अन्तर्वार्ता: चीन भ्रमणका बेला नेपालको नयाँ नक्साबारे कुरा उठ्छ?
    नेपालका परराष्ट्रमन्त्री एनपी साउदले चीनले आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नसमेटेको विषयले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा कुनै न कुनै रूपमा प्रवेश पाउन सक्ने बीबीसीलाई बताएका छन्।
    चीनअगाडि प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाँदैछन्।
    त्यहाँबाट स्वदेश फर्किनुअघि उनी सिधै द्विपक्षीय भ्रमणका लागि चीन पुग्ने कार्यक्रम रहेको छ।
    उक्त भ्रमणका बेला चीनले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा नसमेटिएको कुरा उठ्नसक्ने परराष्ट्रमन्त्री साउदले बताएका हुन्।
    आउँदो साताबाट हुने दुई महत्त्वपूर्ण भ्रमणअगाडि नेपालको नयाँ नक्सा चीनले नसमेटेको विषय बाहेक नेपालमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने विषय पनि चर्चामा रहेको छ।
    यसै सन्दर्भमा परराष्ट्रमन्त्री एनपी साउदसँग राष्ट्रसङ्घीय महासभामा नेपालले यसपटक के कुरा उठाउँदैछ भनेर प्रदीप बस्यालले सोधेका छन्।
    6 min
  • अन्तर्वार्ता:राष्ट्रिय कृषि गणनाका विशेषता के छन्?
    राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ मा पछिल्लो दश वर्षमा कृषक परिवार बढे पनि खेतीयोग्य जमिन भने घटेको देखिएको छ।
    प्रत्येक १० वर्षको अन्तरालमा हुने यस्तो गणना नमूना छनौट विधिमार्फत् सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी गरिन्छ।
    गणनाका स्थलगत कार्य २०७९ सालको बैशाख र जेठमा गरी ४५ दिन लगाएर गरिएको थियो।
    उक्त गणनाको विशेषताबारे गणनाको योजना तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सङ्लङ्न तथ्याङक कार्यालयको कृषि तथा पशुपक्षी गणना शाखाका एकजना निर्देशक बद्रीकुमार कार्कीसँग प्रदीप बस्यालको कुराकानी
    6 min
  • अन्तर्वार्ता: भारतीय खेलाडीले नेपाली टोलीलाई के भने?
    पहिलोपटक एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज काठमाण्डू फर्किंदा विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ।
    नेपाली टोलीले इतिहासमै पहिलोपटक भारत र पाकिस्तानका मुख्य टोलीको सामना गरेको थियो।
    दुवै खेलमा नेपालको पराजय भए पनि उनीहरूको खेलको प्रशंसा भइरहेको छ। उक्त खेलबारे नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग कमल परियारले गरेको कुराकानी।
    5 min
  • अन्तर्वार्ता: एशिया कपबारे के भन्छन् पूर्वकप्तान खड्का?
    नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले एशिया कप अन्तर्गत भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धी क्रिकेट प्रतियोगिता खेलेपछि एउटा सपना पूरा भएको बताएका छन्।
    तर खेलमा नयाँ उपलब्धि हासिल गर्न उनले अब पूर्वाधार विकास र खेलाडीमा लगानी गर्न ढिलाइ नगर्न सुझाएका छन्। उनै खड्कासँग कमल परियारले गरेको कुराकानी।
    6 min
  • अन्तर्वार्ताः 'चीनसँग उसको नयाँ नक्साबारे कुराकानी हुन्छ'
    सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले बेइजिङले हालै जारी गरेको नक्सामा नेपालको परिमार्जित नक्साले समेटेका भूभाग छुटेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका बेला कुराकानी हुने बताएको छ। पार्टीका प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले सो विषयको समाधान हुने आशा व्यक्त गरेका छन्। छुट्टै प्रसङ्गमा उनले अमेरिकी अनुदान सम्झौता एमसीसी पारित गर्दा संसद्‌ले अनुमोदन गरेको व्याख्यात्मक घोषणा सम्झौताको अङ्ग बनाइनुपर्ने पार्टीको स्पष्ट अडान रहेको पनि बताए। बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले सापकोटासँग गरेको कुराकानी सुन्नुहोस्।
    5 min
  • अन्तर्वार्ताः 'भारतले नेपाललाई चामल निर्यात छिटै खोल्छ'
    भारतले तीनवटा देशका लागि बासमती बाहेकको चामल निर्यात खुला गर्ने जनाएको छ। त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले बुधवार एउटा सूचना जारी गर्दै त्यसबारे जानकारी गराएको हो। महानिर्देशनालयका प्रमुख सन्तोषकुमार सारङ्गीले हस्ताक्षर गरेको सूचनामा भुटान, सिङ्गापुर र मरिससका लागि चामल निर्यात खुला गरिएको उल्लेख छ। भारतले ती देशमा निर्यात खुला गरिएको चामलको परिमाण समेत तोकेको छ। भारतले यसअघि जुलाई २० बाट चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले नेपाललाई चामल निर्यात खुलाउन गरिएको पत्राचारको विषय कहाँ पुग्यो भनेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई सोधेका छन्।
    4 min
  • अन्तर्वार्ताः एकै दिन दुइटा चाडपर्व किन पर्छ?
    यसपालि जनैपूर्णिमा र गाईजात्रा एकै दिन अर्थात्‌ बिहीवार परेको छ। विगतमा अरू चाडपर्व पनि एकै दिन परेका कैयौँ दृष्टान्त छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीलाई दुइटा चाडपर्व एकै दिन पर्नुका कारणबारे सोधेका छन्।
    5 min

About बीबीसी नेपाली पडकास्ट

From the publisher's feed

समसामयिक विषयमा अन्तर्वार्ता, बहस र बीबीसी नेपाली सेवाले तयार पारेका अन्य विविध अडिओ सामग्रीहरू पडकास्टका रूपमा सुन्नुहोस्

More shows like बीबीसी नेपाली पडकास्ट

Global News Podcast by BBC World Service

Global News Podcast

7,601 Listeners

Newshour by BBC World Service

Newshour

1,046 Listeners

In Our Time by BBC Radio 4

In Our Time

5,487 Listeners

The Documentary Podcast by BBC World Service

The Documentary Podcast

1,793 Listeners

6 Minute English by BBC Radio

6 Minute English

1,829 Listeners

Learning English Conversations by BBC Radio

Learning English Conversations

1,038 Listeners

The Infinite Monkey Cage by BBC Radio 4

The Infinite Monkey Cage

1,902 Listeners

13 Minutes: Trouble with Hubble by BBC World Service

13 Minutes: Trouble with Hubble

4,179 Listeners

You're Dead to Me by BBC Radio 4

You're Dead to Me

3,211 Listeners

Americast by BBC News

Americast

708 Listeners