राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ मा पछिल्लो दश वर्षमा कृषक परिवार बढे पनि खेतीयोग्य जमिन भने घटेको देखिएको छ।
प्रत्येक १० वर्षको अन्तरालमा हुने यस्तो गणना नमूना छनौट विधिमार्फत् सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी गरिन्छ।
गणनाका स्थलगत कार्य २०७९ सालको बैशाख र जेठमा गरी ४५ दिन लगाएर गरिएको थियो।
उक्त गणनाको विशेषताबारे गणनाको योजना तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सङ्लङ्न तथ्याङक कार्यालयको कृषि तथा पशुपक्षी गणना शाखाका एकजना निर्देशक बद्रीकुमार कार्कीसँग प्रदीप बस्यालको कुराकानी