सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले बेइजिङले हालै जारी गरेको नक्सामा नेपालको परिमार्जित नक्साले समेटेका भूभाग छुटेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका बेला कुराकानी हुने बताएको छ। पार्टीका प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले सो विषयको समाधान हुने आशा व्यक्त गरेका छन्। छुट्टै प्रसङ्गमा उनले अमेरिकी अनुदान सम्झौता एमसीसी पारित गर्दा संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणा सम्झौताको अङ्ग बनाइनुपर्ने पार्टीको स्पष्ट अडान रहेको पनि बताए। बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले सापकोटासँग गरेको कुराकानी सुन्नुहोस्।