भारतले तीनवटा देशका लागि बासमती बाहेकको चामल निर्यात खुला गर्ने जनाएको छ। त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले बुधवार एउटा सूचना जारी गर्दै त्यसबारे जानकारी गराएको हो। महानिर्देशनालयका प्रमुख सन्तोषकुमार सारङ्गीले हस्ताक्षर गरेको सूचनामा भुटान, सिङ्गापुर र मरिससका लागि चामल निर्यात खुला गरिएको उल्लेख छ। भारतले ती देशमा निर्यात खुला गरिएको चामलको परिमाण समेत तोकेको छ। भारतले यसअघि जुलाई २० बाट चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले नेपाललाई चामल निर्यात खुलाउन गरिएको पत्राचारको विषय कहाँ पुग्यो भनेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई सोधेका छन्।