चिनियाँ र नेपाली दुवै पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बिहीवार औपचारिक घोषणा गरेका छन्। नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २३ देखि ३० तारिखसम्म चीनको भ्रमण गर्ने जनाएको छ। सो क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलगायत चिनियाँ नेतासँग भेटवार्ता गर्ने विज्ञप्तिमा उल्लेख छ। राष्ट्रसङ्घीय महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रचण्ड उतैबाट चीन जाने कार्यक्रम छ। तर प्रधानमन्त्री अमेरिकाबाटै चीन जान लागेकामा कतिपयले असन्तोष व्यक्त गरेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यलाई कूटनीतिक रूपमा नेपालका प्रधानमन्त्रीले त्यसो गर्न नमिल्ने के छ भनेर सोधेका छन्।