सरकारले शिक्षा ऐनमा परिमार्जन गर्नेलगायत छ बुँदे सहमति जनाएपछि शिक्षकहरूले काठामाण्डूकेन्द्रित आन्दोलन फिर्ता लिएका छन्। देशभरिका सार्वजनिक विद्यालयका शिक्षकहरूले बुधवारदेखि शिक्षण संस्था बन्द गरेर काठमाण्डूकेन्द्रित आन्दोलन गरिरहेका थिए। तर नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले त्यसमा आफूहरूको सहमति नरहेको बताएका छन्। अर्कोतर्फ नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले सहमतिको स्वागत गरेकी छन्। अधिकारी र तुलाधरसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी सुन्नुहोस्।