अन्तर्वार्ताः शेखर कोइराला किन सरकार फेर्ने पक्षमा छन्
नेपाली कांग्रेसको संस्थापनइतर खेमाका नेता शेखर कोइरालाले बुधवार सभापति शेरबहादुर देउवासँग भेट गरी चर्को असन्तुष्टि व्यक्त गरेको खबर आएको छ। आफ्नो खेमाको मङ्गलवार भएको बैठकपछि उनले सभापतिलाई भेटेका हुन्। बीबीसी न्यूज नेपालीका शरद केसीले उक्त भेट र सरकारप्रति कोइरालाले जनाइरहेको असन्तुष्टिबारे उनीसँग कुराकानी गरेका छन्। शुरूमा उनले कोइरालालाई के तपाईँले पार्टी सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो भनेर सोधेका छन्।