सत्तारूढ नेकपा एकीकृत समाजवादीभित्र व्याप्त असन्तुष्टि पछिल्ला दिनमा छरपस्ट भएको छ। पार्टीका सबै तहसम्म निर्णयसम्बन्धी परिपत्र गरिएपछि मतभिन्नता पनि बाहिर आएको हो। त्यसप्रति सार्वजनिक रूपमा उक्त दलका नेता तथा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमवार त्यसबारे कुनै टिप्पणी गरेनन्। तर नेता खनाललाई लक्षित गर्दै केही भनाइ सार्वजनिक गरेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका शरद केसीले पूर्वप्रधानमन्त्री खनाललाई के तपाईँ र अध्यक्ष नेपालबीच वाक्युद्ध शुरू भएको हो भनेर सोधेका छन्।