Freedom Chautary

Freedom Chautary

By Freedom ForumNon-Profit
Download on the App Store

Freedom Chautary episodes

  • 96. नेपालमा इन्टरनेट र अभिव्यक्ति स्वतन्त्रता
    आजको युग सूचना प्रविधिको युग हो। मानव जीवन र यसका हरेक कृयाकलापमा इन्टरनेट प्रविधि अभिन्न रुपमा जोडिएको छ। इन्टरनेटका अनेकौ प्लेटफर्म नै आजको अभिव्यक्ति र संवादको मुख्य माध्यम भएका छन । तर, यो प्रविधिको उपयोगमा अनेक बाधा र अप्ठ्यारा पक्षहरु पनि छन। यसको वृहत्तर स्वरुपको प्रभावबाट डराएर परम्परागत राज्य संरचनाहरु यसको प्रयोगमा नियन्त्रणका प्रयासहरु गरिरहेका […]
    0 min
  • 95. नेपाली पत्रकारिताको डिजिटाइजेशन रुपान्तरण
    सूचना प्रविधिमा आएको क्रान्तिले नेपाली पत्रकारिता क्षेत्रलाई पनि व्यापक प्रभाव पारेको छ । आमसञ्चारका परम्परागत माध्यमहरु पत्रपत्रिका, रेडियो र टेलिभिजनहरुसंगै अहिले इन्टरनेटका माध्यमबाट सञ्चालन हुने अनलाइन सञ्चारमाध्यमहरु स्थापना र संचालन गर्ने लहर चलेको छ । अहिले देशमा २५ सयको हाराहारीमा अनलाइनहरुले आफुलाई पत्रकारिताका माध्यमका रुपमा दर्ता गराएका छन् । परम्परागत अधिकांश माध्यमहरु पत्रपत्रिका, रेडियो र […]
    0 min
  • 94. नेपालमा सूचनाको हकका चुनौतिहरु

    सूचनाको हक मानिसको नैसर्गिक हक हो । सूचनाको हकलाई लोकतान्त्रिक शासनको प्राणवायु पनि मानिन्छ ।

    नेपालको संविधानको धारा २७ ले पनि यसलाई नेपाली नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ ।  यसको कार्यान्वयनको लागि सूचनाको हक सम्बन्धि ऐन २०६४ तथा नियमावली २०६५ व्यवस्था सहित राष्ट्रिय सूचना आयोगको व्यवस्था भएको पनि १३ वर्ष भैसक्यो।

    अंग्रेजी महिनाको २८ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय जगतमा थाहा पाउने अर्थात Right To Know Day का रुपमा अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ। यो प्रचलन सन् २००२ बाट सुरु भएको हो। पछि सॅयुक्त राष्ट्र संघले पनि यसलाई मान्यता दिएर सूचनाको सर्वव्यापक पहुॅच दिवसको रुपमा मनाउन थालेको छ। सोही सन्दर्भमा फ्रिडम फोरमले यस वर्षको सेप्टेम्बर महिनालाई सूचनाको हक बारे विभिन्न अभियान चलाउने महिना बनाएर मनाएको छ।

    अनि, २८, सेप्टेम्बरका दिन सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्य पारेर फ्रिडम फोरमले  ‘नेपालमा सूचनाको हकका चुनौतीहरु’ विषयक बिज्ञ छलफल चलाएको थियो ।उक्त कार्यक्रममा बिज्ञहरु हुनुहुन्थ्यो (संविधानविद् काशिराज दाहाल, सूचनाको हकका विज्ञ तथा वरिष्ठ पत्रकार तारानाथ दाहाल, सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनाली, पूर्व सूचना आयुक्त तथा वरिष्ठ अधिवक्ता सविता भण्डारी र सूचना हकका अभियन्ताहरुको राष्ट्रिय सञ्जालका संयोजक उमिद बागचन्द । उक्त कार्यक्रको सहजिकरण गर्दै हुनुहुन्छ सूचनाको हकका अभियान्ता सञ्जीव घिमिरे।

    अब सुनौ, फ्रिडम  चौतारी पडकाष्टको ९४ औॅ अंकमा नेपालमा नागरिकको सूचनाको हकका समसामयिक चुनौतिहरु बारे अधिबक्ता सन्जिव घिमिरेका साथमा बिज्ञहरुको  छलफल|

    0 min
  • 93. लोकतन्त्र र मानव अधिकार

    आजको विषय गहन र रोचक दुवै छ। आजको विषय हो लोकतन्त्र र मानव अधिकार । यी दुबै कुरा  एक अर्कामा छुट्ट्याउनै नसकिने विषय हुन् । लोकतन्त्र एउटा राजनीतिक प्रणाली हो, जो निरन्तर लोकतान्त्रिकरणको माध्यमवाट परिस्कृत हुॅदै आम मानिसको चाहाना र हितको परिपूर्ति गर्न अग्रसर भैरहन्छ। मानव अधिकार एउटा मानिस भएर आत्मसम्मानपूर्वक बॉच्न पाउने र समानता तथा स्वतन्त्रताको अनुभूति गर्न सक्ने अवस्था हुनु हो ।

    आजको पडकाष्टमा हामी यिनै दुई विषयमा चर्चा गर्दैछौ। लोकतन्त्रको अन्तराष्ट्रिय दिवस सेप्टेम्वर १५ तारिखको दिन विधुत लामिछानेले राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी र वरिष्ठ पत्रकार तारानाथ दाहालसॅग यसबारे बहस चलाउनु भएको थियो । सोही वहसलाई फ्रिडम चौतारीको यस श्रृंखलामा समेटेका छौं ।

    अव सुनौ : विधुत लामिछाने, आयोगकी सदस्य अन्सारी र पत्रकार दाहाललाई ।

    0 min
  • 92. नेपालको सन्दर्भमा लोकतन्त्र र महामारी
    कोभिड-१९ को महामारीमा नेपालको लोकतन्त्र मिचिएको छ। पारदर्शी, सहभागितामूलक र उत्तरदायी सरकारको शासन मार्फत महामारीबाट जनताले सुरक्षा पाउने अवस्था रहेन। जनस्वास्थ्य र जनजीविका दुवै गम्भिर संकटमा परेको मात्र छैन नागरिक स्वतन्त्रता पनि खलबलिएको छ।
    लोकतन्त्रको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमले नेपालमा लोकतन्त्र र नागरिक अधिकार कसरी दमनमा परेका छन भनेर एक बृहत् छलफल गरेको छ । आजको फ्रिडम चौतारी पडकाष्टमा सोही छलफललाई प्रस्तुत गरेका छौॅ ।

    छलफलको सहजीकरण गर्दै हुनुहुन्छ- पत्रकार शिरोमणी ढुंगाना । अनि सहभागीहरु हुनुहुन्छ- वरिष्ठ पत्रकार तारानाथ दाहाल र चन्द्रकिशोर तथा अधिकारकर्मी भारती सिल्वाल गिरी ।उहाॅहरु तीनै जना नेपालको लोकतन्त्रिक आन्दोलनका चिरपरिचित संघर्षशील व्यक्तित्वहरु हुनुहुन्छ।

    0 min
  • 91. Women’s representation in Nepali media and their status during pandemic

    Media is an important medium that raises the voice of the voiceless and advocates on various issues including gender equality in our society. It is equally imperative that media itself practices gender equality; not only in newsrooms but also in their contents.

    With this view, FF had launched an initiative to monitoring media contents through gender perspectives and accelerating debate and discussion on it since 2016 with support from Free Press Unlimited. Since then monitoring continues on main news stories of selected national broadsheets, online news portals, and province dailies.

    This 91st episode of podcast deals with FF’s study on how inclusive are Nepali media in terms of gender, what proportion of women journalists are accreditated to DOI, and what is their status during COVID19 pandemic.

    0 min
  • 90. प्रदेश २ का प्रेस स्वतन्त्रता सम्बन्धि दुईवटा कानुनहरु

    संघीयताको कार्यान्वयनका सन्र्दभमा हाल संघ, प्रदेश र स्थानीय तहमा विभिन्न क्षेत्रसँग सम्बन्धित कानूनहरु तर्जुमा भइरहेका छन्  । त्यस क्रममा सूचना, पत्रकारिता र सञ्चारका विषयहरुमा पनि तिनै तहमा विभिन्न कानूनहरु बनिरहेका छन् । सो बारे यसै सन्र्दभमा हालसालै प्रदेश– २ को प्रदेश सभाले सञ्चारसँग सम्बन्धित २ वटा कानून पारित गरेका छन् । आज हामी प्रदेश– २ को दुईवटा संचारसँग सम्बन्धित विधेयक बारे चर्चा गर्नेछौं ।  प्रदेश २ को सभाले पारित गरेका,  प्रदेश एफ.एम. तथा टेलिभिजन सञ्चालन सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयक र अर्को प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा बहस गर्दैछौं । प्रदेशसभाबाट पारित यी दुई विधेयक कसरी मस्यौदा भए ? सरोकारवालासँग छलफल भयो कि भएन ? सरोकारवालाका मुद्दा समेटीए समेटिएनन् ? तथा यी विधयेकले नेपालको अन्तराष्ट्रिय समुदायमा गरेका अभिव्यतिm तथा सञ्चार स्वतन्त्रता प्रतिवद्धता र नेपालको संवैधानिक प्रत्याभूतिलाई विधेयकले कसरी सुनिश्चित गरेका छन् भन्ने विषयमा केन्द्रित रहेर यो छलफल गर्दैछौं । यस छलफलको लागि प्रदेश– २ का सञ्चारकर्मी तथा केन्द्रिय स्तरका वरिष्ठ पत्रकारहरु हुनुहुन्छ साथै यस छलफलको सहजिकरण गर्दै हुनुहुन्छ अधिवक्ता सञ्जीव घिमिरे । सुनौं फ्रिडम फोरमको यो महत्वपूर्ण पडकाष्ट आजको ९० औं अंकमा |

    0 min
  • 89. नेपाली समाचारमा महिला र कोभिड-१९

    महामारीमा महिला पत्रकार फ्रिडम फोरमले २०१७ देखि विभिन्न नेपाली सञ्चारमाध्यमका समाचारमा महिलाको उपस्थिति विषयमा अनुगमन गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । यस अनुगमनले २०१७ देखि २०२० सम्म आउँदा समाचारको बाइलाइनमा महिला पत्रकारको उपस्थितिमा केही बृद्धि भएको देखाएको छ । त्यसैगरी, पत्र पत्रिकाका मुख्य पृष्ठमा महिलासँग सम्बन्धित र महिला पत्रकारका बाइलाइन भएका समाचारलाइ पनि प्राथमिकता दिइने गरेको पाइएको छ । यसै अध्ययनका तथ्यांक र विज्ञका विचार हामीले यस पडकाष्टमा समेटेका छौँ । फ्रिडम चौतारी पडकाष्टको यस श्रृंखलामा खोज पत्रकारिता केन्द्रकी पूर्व अध्यक्ष नम्रता शर्मा र सूचना तथा प्रसारण विभागकी निर्देशक एवं सूचना अधिकारी सुमन बज्राचार्यले नेपाली सञ्चारमाध्यममा महिलाको उपस्थिति र अहिलेको कोभिड-१९ महामारीमा महिला पत्रकारले भोगेका चुनौतिका बारेमा बोल्दैहुनुहुन्छ । सुनौँ, फ्रिडम चौतारी पडकाष्टको ८९ औँ श्रृंखला |

    0 min
  • 88. Deteriorating status of Press Freedom and Freedom of Speech  in Nepal surrounding COVID-19 pandemic

    This episode of podcast focused on status of press freedom and freedom of expression after enforcement of lockdown owing to noble corona virus in Nepal.  From March 24 to the end of June, 2020, a total 54 cases of violation were recorded. Out of which 45 cases of press freedom violation and 9 cases of freedom of speech were noted. Also, we have recorded violation cases from January to March 23, 2020 before lockdown where only 12 incidents of violation were recorded. However, this data represents highly growing number of violation cases around COVID-19 pandemic after enforcement of lockdown.

    0 min
  • 87. भ्रष्टाचार र सार्वजनिक जवाफदेहिता

    आजको नेपालमा सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचार हो । कोभिड-१९ को महामारीबाट भन्दापनि आम जनता सरकारका निकायहरुबाट भैरहेको भ्रष्टाचारबाट आहत भएका छन । सरकार सुशासन र कानूनको शासनको दृष्टिमा निकै कमजोर भएको छ । पारदर्शिताको मान्यतालाई कुल्चिएको छ ।दण्डहिनता मौलाएको छ । राजनीतिक नेतृत्वबाट नै भ्रष्टाचारका प्रकरणहरुको बचाउ भैरहेको छ ।

    यसै सन्दर्भमा आयेजित एक छलफललाई आजको फ्रिडम चौतारी पडकाष्टमा समेटेका छौ । लोकतन्त्र संवादमा गरिएको यो छलफलमा विषय प्रस्तुत गर्दै हुनुहुन्छ: ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका अध्यक्ष खेमराज रेग्मी, पत्रकार हरिबहादुर थापा र अधिवक्ता राममाया लामिछाने । अनि यस छलफलमा टिप्पणी गर्दै हुनुहुन्छ: बरिष्ठ अधिवक्ता डा नारायण घिमिरे र बरिष्ठ पत्रकार तारानाथ दाहाल ।

    छलफलको सहजीकरण गर्दै हुनुहुन्छ: नारायण भट्टराई।
    फ्रिडम चौतारीको ८७ औं शृंखलामा सुनौं, आजको नेपालमा भ्रष्टाचारको कथा |

    0 min

About Freedom Chautary

From the publisher's feed

Freedom Chautary (FC) is an official podcast channel of Freedom Forum (FF), a non-governmental organization, working for the institutionalization of democracy, protection, and promotion of human…