
Sign up to save your podcasts
Or


कोभिड – १९ को संक्रमणको त्रासले नेपाल पुरै यतिबेला लकडाउनमा छ। महामारीको यो भूमरीबाट कोही पनि र कुनै पनि क्षेत्र अछुतो छैन। यसको बहुआयमिक असर प्रभावबारे छलफल पनि चलीरहेकै छ। आजको फ्रिडम चौतारी पडकाष्टमा हामी नेपाली मिडिया जगतलाई पारेको प्रभावबारे यस्तै एउटा बहस प्रस्तुत गर्दैछौ ।
यस बहसको आयोजना गरेको हो गणेशमान सिंह अध्ययन प्रतिष्ठानले । १८ वैशाख २०७७ मा भएको यो बहसमा हुनुहुन्छ नेपाली पत्रकारिता जगतका पाँच हस्तीहरु। नेपालका बरिष्ठ पत्रकार तारानाथ दाहाल, बिष्णु निष्ठुरी र धर्मेन्द्र झा अनि सम्पादकद्वय प्रतिक प्रधान र बबिता बस्नेत । यो छलफल जुम मार्फत सन्चालन गर्दै हुनुहुन्छ पत्रकार एवं पत्रकारिताका अध्यापक जगत नेपाल।
फ्रिडम चौतारी पडकास्टले प्रतिष्ठानसॅगको अनुमतिमा आवश्यक सम्पादन गरेर सो छलफल यहॉ प्रस्तुत गरेको हो। सुनौ, कोरोना महामारी पछिको नेपाली पत्रकारिता क्षेत्रका चुनौति र भोलीको बाटोबारेको गहन बहस :
May 3- World Press Freedom Day. On this occasion, Freedom Chautari podcast discusses overall status of press freedom and freedom of expression within a year (May 1, 2019 to April 30, 2020).
This episode of Freedom Chautari Podcast discusses the issues regarding the protection of journalists while covering COVID-19 pandemic and also about the long term effect on journalism.
This discussion was held virtually by International Center For Journalists’s (ICFJ) Global Health Crisis Reporting Forum’s on their Facebook page. The participants in the webinar includes renowned Egyptian journalist and safety trainer, VP of the International Association of Women in Radio and Television Abeer Saady, and the Dart Center Asia Pacific Director Dr. Cait McMahon and moderator of the webinar is ICFJ’s Global Director of Research, Dr. Julie Posetti.
The ideas discussed are very relevant and helpful in the context of journalist safety in the ongoing pandemic in Nepal.
There are a growing number of violation cases after enforcement of lockdown in Nepal surrounding Novel Corona Virus(COVID-19. Journalists are threatened and obstructed while reporting and also civilians are detained for their critical comment via social media post against authority.
This episode of Freedom Chautary Podcast discusses about overall status of press freedom and freedom of expression at this time of crisis.
अहिले हामी सबै लकडाउनमा छौॅ। यो बेला सही सूचना र तथ्यहरुको महत्व निकै हुने महसुस गरिरहेका छौँ ।
त्यसैले आज हामी कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीका कारण भैरहेको लकडाउनको यस्तो सकसपूर्ण अवस्थामा नागरिकको सूचनाको मौलिक हक हाम्रो देशमा पनि कसरी सुनिश्चित गराउने भन्ने सन्दर्भमा चर्चा गर्दैछौं ।
यसबारे विश्वभरी नै चिन्ता र जागरुकता पनि छ। यो बेला सूचनाको हक नियन्त्रित गर्ने कि झन सबल बनाउने भनेर।
कोभिड १९ अर्थात कोरोना भाइरसको व्याप्त महामारीको समयमा र संक्रमण भैलिरहेको अवस्थामा सरकारले लकडाउन गर्ने घोषणा गरेसंगै केन्द्र देखि गॉउसम्मका सवै सार्वजनिक निकायहरु यतीबेला बन्द रहेका छन् ।
समयमा आम नागरिकमा सूचनाको हक सुव्यवस्थित रुपमा हुन सकोस् भन्ने हाम्रो चासो पनि छ।
यससन्दर्भमा सार्वजनिक निकायहरुले आफ्ना सूचना झन सरल रुपमा प्रवाह गरुन र सूचना माग्ने मागकर्तालाई पनि सरलरुपमा सहयोग पुगोस् भनेर राष्ट्रिय सूचना आयोगले सबै निकायको ध्याकर्षण गराएको छ। जुन सकारात्मक पहल हो।
२०७६ चैत २५ गते मंगलबार आयोगले आदेश पत्र मार्फत सन्देशसहितको विज्ञप्ती पनि जारी गरेको छ । आयोगले सूचनाको हक कुण्ठित नहोस भनी सबैलाई झकझकाएको छ।
महामारीको यस घडीमा नेपाल सरकार, स्थानीय तह तथा विभिन्न सार्वजनिक निकायले गरेका गतिविधिको बारेमा याथार्थ सूचना प्रवाह गर्न साथै, यस्तो अवस्थामा सूचनाको हक कसरी सुनिश्चित गर्न सकिन्छ भनी राष्ट्रिय सूचना आयोगले गरेको यो पहलबारे यहॉ चर्चा गरिदैछ । अब प्रस्तुत गर्दैछु आयोगको सो वक्तब्|
आज हामी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को विषयमा केन्द्रित भएर छलफल गर्दै छौं । नोवेल कोरोना भाइरसलाई लिएर यतिबेला विश्वव्यापी रुपमा विभिन्न आशंका र अन्योल उत्पन्न भैरहेको छ । एशिया र अफ्रिका मात्रै होइन अमेरिका र युरोपमा पनि कोरोनाको असर देखिन थालेको छ भने यसको प्रभावको बारेमा पनि छलफल भैरहेको छ । यीनै विषयलाई लिएर दुईवटा राष्ट्रिय पत्रिका कान्तिपुर दैनिक र नयाँ पत्रिकामा चैत ६ गते लेख प्रकाशित भएको छ । कान्तिपुर दैनिकमा ‘नेपाल कति कोरोना संवेदनशिल’ भन्ने शिर्षकमा विश्लेषक अंगराज तिमल्सिनाले र नयाँ पत्रिका दैनिकमा केन्ट सेप्कोविचले ‘कोरोना मृत्युदरः दक्षिण कोरिया र इटलीमा किन फरक’ भन्ने शिर्षकमा प्रकाशित महत्वपूर्ण विचारहरुलाई हामिले आजको पडकाष्टमा प्रस्तुत गरेका छौं । सुनौं, फ्रिडम चौतारी पडकाष्टको ७१ औं अंक |
We welcome you on our 70th episode of Freedom Chautari podcast. In this episode we are talking about the much debated “Nepal Special Service Bill” which as of now is under discussion in the National assembly, (Parliament Upper House) legislative committee. We will highlight on it’s negative impact on press freedom focusing on media’s right to free speech and their right to free reporting.
८ मार्च अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस । यसै सन्र्दभमा आजको फ्रिडम चौतारी पडकाष्टको ६९ औं श्रृङ्खलामा नेपाली मिडियामा महिलाको प्रतिनिधित्व, पत्रपत्रिका तथा अनलाइनमा महिला पत्रकारको बाइलाइन, स्रोतको उल्लेख तथा विगतका केही वर्ष र अहिलेसम्म मिडियामा महिलाको भूमिकाको तुलनात्मक अवस्थाको सेरोफेरोमा रहेर छलफल गर्दै छौं । छलफलमा हुनुहुन्छ फ्रिडम फोरमका सहकर्मी साथीहरु । सुनौं, सञ्चारमाध्यममा महिलाको अवस्था, श्रोत, बाइलाइन लगायतका विषयमा केन्द्रित भई तयार पारेको पडकाष्ट |
प्रेस काउन्सिललाई प्रतिस्थापन गरी मिडिया काउन्सिल तर्जुमा गर्न संसदमा प्रस्तुत गरिएको विधेयक यो वर्षको सर्वाधिक चर्चित विधेयक हो ।
दुई हजार सात साल फागुन ७ गते । नेपाली इतिहासको सवैभन्दा सुनौलो दिन । यस कारणले सुनौलो कि त्यसै दिनबाट नेपालले अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेको थियो – त्यो दिनदेखि नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । युगान्तकारी दिन, परिवर्तनको उज्यालो लिएर आएको दिन र फेरि कहिल्यै अँध्यारो युगतिर नफर्कने बाचा गरेको दिन । तर, त्यस्तो ऐतिहासिक र युगान्तकारी दिनलाई केही वर्षदेखि महत्वहीन दिनको रुपमा सरकारले हेर्न थालेको महसुस नेपाली जनताले गर्न थालेका छन् । त्यस राष्ट्र रुपान्तरणको प्रवेश दिनलाई राष्ट्रिय दिवसको रुपमा मान्नुपर्नेमा उल्टै सार्वजनिक विदासमेत कटौती गरिएको छ । यसले नयाँ पुस्तालाई प्रजातन्त्रको भावनात्मक हस्तान्तरणलाई अवमूल्यन गरेको ठानिएको छ । प्रजातन्त्रको महत्व प्रजातन्त्रवादीका लागि मात्र होइन प्रजातन्त्र विरोधीहरुका लागि पनि समान हुन्छ किनभने यो समानता र समताका लागि प्रत्याभूति दिने शासन व्यवस्था हो । हामीले प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ लाई राष्ट्रिय रुपमा मनाउनुपर्नेमा नेपाल सरकारले कान्तिविहीन रुपमा मनाएको छ । यसैको सेरोफेरोमा वरिष्ठ राजनीतिकशास्त्री तथा प्रसिद्ध राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालसँग प्रजातन्त्र र हालको नेपाली राजनीतिक अवस्था तथा संघीयतामा प्रजातन्त्रको उपयोग कसरी भएको छ भन्ने विषयमा छलफल गरेका छौं । छलफलमा हुनुहुन्छ प्राध्यापक कृष्ण खनाल र वरिष्ठ पत्रकार तथा फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी । सुनौं, आजको पडकाष्ट |
From the publisher's feed