
Sign up to save your podcasts
Or


हामी तपाईको पृथ्वीमा आनन्द र शान्ति चाहन्छौं,
हामी तपाईको खुशी र माया चाहन्छौं।
तपाई र तपाईको र सबैको साथ
हामी तपाईको हृदयमा मित्रताको कामना गर्दछौं ।
हामी आशा गर्छौ कि तपाईले समय पाउनुहुनेछ
तपाईको गहिरो इच्छा सुन्नको लागि,
आफ्ना साथीहरू र परिवारलाई बलियो राख्नुहोस्
र तिनीहरूलाई आफ्नो सबै शक्ति संग प्रेम दिनुहोस्।
हामी तपाईलाई उपचार, आशा र प्रेम पठाउँछौं
र यस विशेष समयको लागि आशीर्वाद -
भित्री शान्ति र सबैको लागि प्रेम गर्दै
माथिको भगवानबाट उज्यालो महसुस गर्नुहोस्।
घामको उज्यालोले
तपाईको बाटो चम्कियोस्,
अन्धकारलाई नरम पार्दै
तपाईको सत्यता
तपाईको जीवन
र आफैलाई
खोज्न सहयोग गरोस।
चीजहरू कस्ता छन्
र तपाई यहाँ किन हुनुहुन्छ
जान्नको भावनाले
म तपाईलाई संरचनाको आशीर्वाद दिन्छु।
तपाईको उद्देश्य
र तपाई जहाँ हुनुहुन्छ
हेर्न को लागि भित्री उज्यालो र
स्पष्टताको म तपाईलाई आशीर्वाद दिन्छु।
म तपाईलाई आश्चर्य,
उज्यालो र हाँसो,
रमाइलो र मित्रताको
आशीर्वाद दिन्छु।
म तपाईलाई साँचो प्रेमको
र तपाईले मन पराउने मान्छेहरुको मनमा
घर बनाउनेठाउँको आशीर्वाद दिन्छु
र हृदयमा
तपाईले फेला पार्नु भएको प्रेमहरूको आशीर्वाद दिन्छु।
म तपाईलाई ज्वालाले,
तपाईको आँखामा सत्यता लिएर,
आफ्नो बाटो हेर्न स्पष्टताको आशीर्वाद दिन्छु।
आफ्नो आत्माको गहिराइबाट सिर्जना गर्न
म तपाईलाई विचार, प्रेरणा,
र धारणाहरुको आशीर्वाद दिन्छु।
तपाईको सपना पुरा गर्न,
उत्साह संग
र तपाईको पाइलामा वसन्त लिएर,
आफ्नो लक्ष्यमा पुग्न, वा दौडन,
म तपाईलाई शक्तिको आशीर्वाद दिन्छु।
आफ्नो सत्यता खोज्नु जरुरी छ,
मनको आवाज सुन्नु होस्,
उत्साह, भित्री आनन्द महसुस गर्नुहोस्,
र आफ्नो आत्माको ज्वाला महसुस गर्नु होस्।
नाचिरहेका छौं, नाचिरहेका छौं,
तपाईको लागि मह खोज्दै
हामी सधैं नाचिरहेका छौं।
घुम्दछौ, घुम्दछौ,
हामी सधैं घुमिरहन्छौं,
हामी उड्छौं र धेरै गर्न बाँकी छ।
हामी सूर्यलाई माया गर्छौं,
हाम्रो घारलाई माया गर्छौं,
हामी पनि एकअर्कालाई माया गर्छौं।
सूर्यको सुनौलो हर्षको
तपाईलाई आशीर्वाद दिन चाहन्छौं,
मित्रता र रमाइलो परिवेशको
हामी तपाईलाई कामना गर्दछौं,
हामी तपाईको लागि खुसीको समय चाहन्छौं!
सुनको मुटु लिएर,
तपाई संसार वरिपरि घुमाउने बनाउन
हामी तपाईलाई प्रकाशको आशीर्वाद दिन्छौं।
हो, हामी र तपाई, तपाई र हामी,
हामी संसारलाई घुमाउने बनाउँछौं।
कुरालाई हल्का रुपमा लिने स्वतन्त्रताको ,
म तपाईलाई आशीर्वाद दिन्छु ।
भविष्य हेर्नको लागि
म जति टाढा देख्ने दृष्टिको
म तपाईलाई आशीर्वाद दिन्छु ।
तपाईको बाटोमा के आउँदैछ जान्नको लागि
सहजै आफ्नो पखेटा खोल्न
र उचाइमा उक्लिन सक्ने छामताको
म तपाईलाई आशीर्वाद दिन्छु।
र जीवनलाई सार्थक बनाउन
म तपाईलाई असल मित्रताको आशीर्वाद दिन्छु,
एउटा ठाउँ
जहाँ तपाईको आत्माले आराम गर्न सकोस,
एउटा स्थान
जहाँ तपईको हृदय आराम गर्न सकोस।
तपाईको लागि मेरो आशीर्वाद
जहाँबाट तपाई आफैलाई हेर्न सक्नुहुन्छ
त्यस्तो एक ठाउँ मिलोस
के गर्नु पर्छ,
के परिवर्तन गर्न आवश्यक छ,
र यो जे भएनी सिद्ध छ,
यो जस्तै भएनी सिद्ध छ।
धरतीको स्थिरता तपाईलाई मिलोस,
हिमाली मुहारको बल
तपाईलाई मिलोस,
हिमाली भेगको न्यानोपन
तपाईलाई मिलोस
हिमाली चुचुरोको शिखर
तपाईलाई मिलोस
चट्टान र क्रिस्टलहरूका स्पष्टता
तपाईलाई मिलोस
सम्पूर्ण हिमाली श्रृंखलाको शक्ति
तपाईलाई मिलोस।
हामी अब तपाईलाई अनुग्रह र सौन्दर्यको
आशीर्वाद दिन्छौं,
केही समय हामीसंग पौडी खेल्नुहोस् -
सात समुन्द्रमा तैरिनु होस्,
र चारैतिरको सुन्दरता हेर्नुहोस्,
र महसुस गर्नुहोस् कि तपाई स्वतन्त्र हुनुहुन्छ।
जीवनले भरिएको टोकरी:
हामी तपाईलाई दिन्छौं,
हामी तपाईलाई तपाईको लागि उत्तम छनौट गर्न मद्दत गर्छौं,
र कहिलेकाहीँ पनि, हामी तपाईलाई भन्छौं
घुम्ने समय भयो,
यो घुम्ने समय हो।
तपाईको लागि के राम्रो छ
त्यो तपाई आफैले देख्नुहोस भनेर हामी चाहन्छौं:
आफ्नो जीवन रोज्नुहोस्, र फेरि रोज्नुहोस्,
तपाईको जीवन परिवर्तन हुनेछ र तपाई पनि परिवर्तन हुनेछ,
अनि तपाईले छनोट गरिरहनु भएको छ, त्यसपछि,
तपाईले तिनीहरूलाई एक पटक फेरि छनोट गर्नुहोस।
तपाईलाई के दिइएको छ भन्ने विश्वास गर्नुहोस्
लिन सक्नुहुन्छ, यो जीवन तपाईको हो।
तपाईसंग जे छ त्यसलाई उत्तम बनाउनुहोस्
र यदि तपाई सक्नुहुन्न भने, हामीलाई हेर्नुहोस् -
र विश्वासको साथ उफ्रनु र उड्नुहोस्
राम्रो किनार, राम्रो समयको लागी -
र आफ्नो जीवन नयाँ सुरु गर्नुहोस् -
यो जिन्दगीमा केही बन्नुहोस
यो जीवनलाई केहि बनाउनुहोस्,
र -
उड्नुहोस् !
From the publisher's feed