जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature

जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature

Download on the App Store

जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature episodes

  • डल्फिनहारुबाट आशीर्वाद

    हामीसंग खेल्नुहोस्!

    हामी तपाईलाई खेल्ने आनन्द ल्याउँछौं।

    आफ्ना साथीहरूसंग खेल्नुहोस्

    र आफ्नो विचार संग खेल्नुहोस्

    र खुकुलो भएर आराम गर्नुहोस्।

    हामी कुरालाई हल्का रुपमा लिदै

    आवाज, रंग,

    र विचारहरू संग खेल्दै,

    तपाईको जीवनमा आशीर्वाद ल्याउँछौं। 

    तपाईको वास्तविकताको छवि छोड्नुहोस्

    विश्वास गर्नुहोस् कि अन्य संस्करणहरू सम्भव छन्

    र तपाईले तिनीहरूलाई फेला पार्नुहुनेछ,

    जब तपाई आफैलाई रचनात्मक हुन दिनुहुन्छ।

    कुनै दबाब छैन, एक क्षण मात्र लिनुहोस्,

    सास फेर्नुहोस्, मुस्कुराउनुहोस्

    र आफैलाई आफ्नो जीवन फेरि सिर्जना गर्न दिनुहोस्।

    हामी यो कस्तो देखिन्छ हेर्न खुशी हुनेछौं,

    र हामी तपाईलाई साथ दिनेछौं

    तपाईको नयाँ संसारमा।

    2 min
  • डेजीबाट आशीर्वाद

    म एक खुशी आत्मा हु।

    म तपाईलाई बगैचामा भेट्छु

    र मुस्कान दिने प्रयास गर्छु।

    तपाईले फुलको माला बनाएर

    एक अर्काको कपालमा सजाउनुहोस-

    वा हार जस्तै लगाउनुहोस्।

    मलाई तपाईको नजिक हुन मन लाग्छ

    र खुशी अनि उमङ्ग सधै रहोस भनि 

    म आशीर्वाद दिन चाहन्छु।

    तपाईलाई दु:ख लाग्दा मलाई खोज्नुहोस्,

    र मेरो उमङ्गले तपाईको मनोभाव एकैचोटि उठेको महसुस गर्नुहोस्।

    म जस्तै सुन्दर फूल तपाई,

    यो पृथ्वीमा एक सुन्दर प्राणी।

    यहाँ आउनु भएकोमा धन्यवाद-

    तपाई तपाई हुनु भएकोमा धन्यवाद।

    1 min
  • बिरालोहरूबाट आशीर्वाद

    तपाईलाई हाम्रो आशीर्वाद दिन

    हाम्रो लागि आनन्दको कुरा हो, 

    पक्का र दयालु हामी

    हाम्रो जीवनमा उमङ्ग सरि नाच्छौं ।

    हामी तपाईलाई मनोहरताका साथ आशीर्वाद दिन्छौं

    र तपाईको वरपरको सुन्दरता संग,

    जीवनको आशिषहरु हेर्नुहोस् भनि 

    हामी तपाईलाई आशीर्वाद दिन्छौं। 

    1 min
  • सिंहबाट आशीर्वाद

    म तपाईलाई साहस दिन यहाँ छु,

    सिंहको बल

    र रोजेको कार्य

    गर्ने शक्ति दिन।

    म जस्तो शक्तिशाली कोही छैन,

    म पशुहरूको राजा हुँ,

    र तपाई एक राजा वा रानी हुन सक्नुहुन्छ,

    जब तपाई आफ्नो डरमाथि उब्बिनु हुन्छ

    र आफ्नो उज्यालो तरवार उठाउनुहोस

    र भन्नुहोस्:

    मैले जे गर्न रोजेको छु

    म यहाँ छु र म गर्नेछु।

    यो मेरो जीवन हो। 

    1 min

About जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature

From the publisher's feed

हामी धेरै जनावरहरू- हात्ती, बिरालो, जिराफ- र प्रकृतिका धेरै भागहरू- पहाडहरू, नदीहरू, रूखहरू- र हामी तपाईलाई हाम्रो शुभकामना, हाम्रा गुणहरू र हाम्रा आशीर्वादहरू बाँड्न चाहन्छौं।