
Sign up to save your podcasts
Or


म तपाईको लागि जीवनको जल ल्याउनेछु,
म तपाईको भाग्य ल्याउँनेछु,
तपाईलाई साथमा लगेर,
तपाईको लक्ष्यको बाटो
म देखाउने छु।
अन्धकारलाई चिरेर
आफ्नो बाटो खोज्न सक्ने छामताको
म तपाईलाई आशीर्वाद दिन्छु।
त्यहाँ सधैं एक प्रवाह छ
जसले तपाईलाई साथमा लैजान सक्छ,
तपाई कहाँ हुनुहुन्छ वास्ता नगर्नुहोस्
र तपाई जहाँ भएपनि,
मेरो प्रवाहले तपाईलाई घर भेट्टाउन सहयोग गर्नेछ।
म तपाईलाई तपाईको बाटो र बुद्धिमा,
विश्वास गर्ने छामताको आशीर्वाद दिन्छु
म तपाईलाई आफ्नो लागि कुन बाटो रोज्ने
भन्ने ज्ञानको आशीर्वाद दिन्छु,
अनि विगतलाई छोडेर,
भविष्य खोज्दै,
हामी छोड्छौं र फेला पार्छौं
हरेक क्षण संगै ,
हिड्ने र विश्वास गर्ने
र अघी बढ्ने
तपाईको हृदयको प्रवाहसंग
चल्ने र विश्वास गर्ने।
प्रवाह संग बग्दै
आफ्नो आत्माको बाटो खोज्ने।
भालुको बलको,
ध्यान गर्दै मार्ग सजिलो संग पाउने क्षमता,
लचिलोपन र लगनशीलता,
आफु र आफ्नो मानव जातिका लागि उब्बिन सक्ने क्षमताको
हामी तपाईलाई आशीर्वाद दिन्छौं।
तर प्रायः हामी तपाईलाई
साना भालुले जस्तै
लडी बुडी -
खेल्दाको आनन्दको आशीर्वाद दिन्छौं
र तपाईको जीवन पनि रमाइलो रहोस्!
म तपाईलाई प्रकाशको आशीर्वाद दिन्छु
तपाईको पाइलामा उफ्रिएर
म तपाईलाई साथीहरूको आशीर्वाद दिन्छु
हरेक अनुहारमा मुस्कान
म तपाईलाई फूलले आशीर्वाद दिन्छु
तपाईको बाटोमा सबैको साथ
र म तपाईलाई सुन्दरता, राम्रो स्वास्थ्य,
र राम्रो इच्छाको आशीर्वाद दिन्छु।
म तपाईको हल्का हातहरुलाई आशीर्वाद दिन्छु
जसले खाँचोमा परेकाहरूलाई सहयोग गरोस,
म तपाईको कोमल हृदयलाई आशीर्वाद दिन्छु
जसले अरुलाई दिनको लागि हरेक पल अघी बढोस
म तपाईलाई जीवनमा मनमोहक
साहसिक कार्यहरूको आशीर्वाद दिन्छु
म तपाईलाई हरेक दिन
र हरेक रातभर आशीर्वाद दिन्छु।
म तपाईलाई ताराहरूको आवाजले आशीर्वाद दिन्छु,
म तपाईलाई शुभकामनाको साथ आशीर्वाद दिन्छु,
म तपाईलाई शान्त हृदयले आशीर्वाद दिन्छु,
म तपाईलाई स्वर्ग र पृथ्वीबाट आशीर्वाद दिन्छु,
म तपाईलाई बहाव र प्रवाहको साथ आशीर्वाद दिन्छु।
म तपाईलाई आशीर्वाद दिन्छु कि तपाई बाँच्न सकौ,
म तपाईलाई आशीर्वाद दिन्छु कि तपाईले क्षमा गर्न सकौ।
म तपाई हिड्ने घाँसलाई आशीर्वाद दिन्छु,
म तपाईको खुट्टा, पाखुरा, र हातलाई आशीर्वाद दिन्छु।
म तपाईलाई अहिले आशीर्वाद दिन्छु, म तपाईलाई सधैं आशीर्वाद दिन्छु,
म तपाईको ओठ र तपाईको कोमल स्पर्शलाई आशीर्वाद दिन्छु,
तर सबै भन्दा धेरै म तपाईको उपस्थितिलाई आशीर्वाद दिन्छु,
तपाईको चम्किलो स्वरुप स्वयम् यहाँ हुनु,
तपाई घरमा हुनुहुन्छ, र सुरक्षित र स्वस्थ,
र तपाई चारैतिर धन्य हुनुहुन्छ।
यहाँ भएर, तपाईले यो ठाउँलाई आशीर्वाद दिनुहुन्छ,
तपाईको हँसिलो अनुहारले आशीर्वाद दिनुहोस्।
सास र माया ले तपाईमा सास फेर्नेछ,
सास लिनुहोस् र भगवानले तपाईमा सास फेर्नुहुनेछ।
रहस्यमय -
त्यो हामी तपाईको लागि हो।
अर्को संसारको लागि संकेतक
जहाँ जीवन हल्का र अधिक रंगीन छ।
हामी अर्को संसारको लागि तपाईको मार्गदर्शक हौं
प्रकाश र स्वतन्त्रताको संसार।
हामी तपाईसंग सम्पर्कमा रहन्छौं
र तपाई हाम्रो शक्ति र हाम्रो रहस्य महसुस गर्न सक्नुहुन्छ।
के तपाईलाई थाहा छ तपाई हामीसंग कुरा गर्न सक्नुहुन्छ,
र हामी तपाईलाई यो जीवनमा मार्गदर्शन गर्न सक्छौं?
हामीलाई थाहा छ तपाईलाई कुनै पनि समयमा के चाहिन्छ,
साथीहरू र प्रियजनहरू भेट्न,
वा अगाडि यात्रा गर्न, सधैं अगाडि बढ्न
हामी तपाईलाई अर्को पक्षमा मद्दत गर्न तयार छौं।
के तपाईलाई थाहा छ
तपाईले बाँच्नु भएको जीवन यो मात्र होइन?
कि त्यहाँ अन्य जीवनका ढोकाहरू छन्,
अन्य संसारमा?
हामी त्यी संसारका रक्षक हौं,
र जब तपाई तयार हुनुहुन्छ
हामी तिनीहरूलाई तपाईसंग साझेदारी गर्न चाहन्छौं।
रहस्यमय? हो, तर तपाई पनि रहस्यमय हुनुहुन्छ,
तपाई भित्रका यी सबै सत्य तपाईलाई थाहा छ।
तपाईलाई थाहा छ जीवनको पवित्रता,
तपाई भित्र आफ्नो साँचो आत्माको बारेमा।
र थाहा हुन्न पनि कसरी ?
मेरो आँखामा हेरर बुझ्न खोज्नुहोस
संसारका सबै रहस्यहरू।
महिमा र आनन्द बुझ्नुहोस्
र सत्य पनि।
तपाईका साथीहरूबाट आशीर्वाद
यो जीवन यात्राका लागि।
म वरिपरि भएपछि,
तपाईसंग सधैं पर्याप्त हुनेछ,
तपाईलाई चाहिने
तपाईसंग सधैं हुनेछ,
प्रशस्तता पनि -
सबै तपाईका लागि हुनेछ।
तपाईको लागि मेरो आश्चर्य
तपाईले चाहेको कुरा प्राप्त गर्दै हुनुहुन्छ।
गिलहरी को आत्मालाई सम्पर्क गर्नुहोस्,
र के हुन्छ हेर्नुहोस्।
बस यसलाई एक प्रयास दिनुहोस्!
हामी तपाईलाई आश्चर्य गर्न चाहन्छौं,
तपाईसंग हाम्रो प्रशस्तता साझा गर्न चाहन्छौं।
के तपाई प्राप्त गर्न तयार हुनुहुन्छ?
हामी तपाईलाई माया र हेरचाह गर्छौं।
हामी तपाईलाई आदरपूर्वक आशीर्वाद दिन्छौं।
यो अत्यावश्यक छ
आफूलाई जे सहि लाग्छ त्यही गर्नु,
आफ्नो हृदय र आत्माको कुरा सुन्नु
अनि आफ्नो बाटो हिड्नु।
तपाईलाई न नेता चाहिन्छ, न मार्गदर्शक,
तपाई आफ्नो ज्योति आफै चम्काउन सक्नुहुन्छ
र अँध्यारो गल्लीहरू
र उज्यालो भरिएको ठाउँहरूमा,
आफैलाई नेतृत्व गर्नुहोस्।
हामी तपाईको साथी हौ,
सबै जनावरहरू तपाईका साथी हुन्,
तर के गर्ने भनेर हामी तपाईलाई भन्ने छैनौं।
हामी केवल विचारहरू दिन सक्छौं, तपाईको हृदयलाई धकेल्न सक्छौं,
तर आफ्नो विचार आफै बलियो बनाउनुपर्छ।
के तपाई हाम्रो र संसारको हेरचाह गर्नु हुन्छ?
के तपाईको मनले जे भन्छ तपाई त्यही गर्नु हुन्छ?
उत्तर तपाईलाई मात्र थाहा छ,
तपाईले केवल
आफ्नो कुरा सुन्नु पर्छ।
आफ्नो हृदयको कानेखुशी सुन्न
के तपाई तयार हुनुहुन्छ ?
म तपाईलाई आशीर्वाद र प्रेम पठाउँछु -
र हसिलो मनोवृत्तिले,
धेरै उतार चढावमा,
तपाईलाई पार गराउने छ।
मेरो मुटु तपाईको मुटुमा मिलोस्
र तपाईलाई चाहिने कुरा प्रदान गरोस।
कोमल विशाल दैत्य भएर,
हाम्रो बुद्धि र ज्ञानको भण्डार ले -
हामी विशेष जादू ल्याउछौं।
हामी सबै प्रकृतिको लयमा बाँच्न आवश्यक छ,
दाजुभाइ र दिदीबहिनी झै
योग्य प्रतिष्ठा र सम्मान दिदै
र हाम्रो वन्यजन्तुको संरक्षण गर्दै
एक अर्कालाई माया दिनुहोस्।
तपाई प्रकृतिको अंश र हामी परिवार हौ।
हामी तपाईको ख्याल राख्छौं र तपाईलाई माया गर्छौं।
आफ्नो छोराछोरीको
र तपाईका नाती नातीना का निम्ती-
कृपया संसारको ख्याल राख्नुहोस्।
हामी सबै एक हौं।
हाम्रो शक्ति,हाम्रो नम्रता, हाम्रो बुद्धि
र हाम्रो हर्ष !
यही छ हाम्रो आशिष तपाइको निम्ति।
हामी यहाँ सधैं तपाईको साथमा छौं -
हामीलाई तपाईले बीउ खुवाएको मनपर्छ,
जे सक्नुहुन्छ दिनुहोस्, प्राणी हामी साना छौं
त्यसैले तपाईको सहयोग र तपाईको सबै माया चाहिन्छ।
तर अरुलाई पनि तपाईको सहयोगको खाचो छ,
भोकाएका तपाईका आफ्नै प्रजातीहरु,
तपाईका दाजुभाइ दिदीबहिनीहरू हुन्,
तिनीहरूलाई पनि खुवाउनुहोस् र माया दिनुहोस्
हामी ताराबाट आएका, सबैजना,
हामी तपाईलाई ताराहरूको आशीर्वाद दिन्छौं
हामी तपाईलाई सुनेर आशीर्वाद दिन्छौं
चारैतिर जसलाई तपाईको आवश्यकता पर्ला,
त्यी सबैका भाव सुन्ने क्षमताको तपाईलाई आशीर्वाद दिन्छौं।
हामी तपाईको घर, सदन,
र चुल्हालाई आशीर्वाद दिन्छौं,
र केवल आफ्नो जीवन जिउनुहोस,
अनि जति सक्दो स्वस्थ्य रहनुहोस,
किनकि हामी मात्र एक सहयोगी हौं।
तपाईको दयाको लागि धन्यवाद, प्रिय,
तपाईको प्रेमका कार्यहरूको लागि धन्यवाद
हामी नजिकै छौं र तपाईको पवित्र जीवित
जीवनको माध्यमबाट तपाईसंग उड्छौं।
तिम्रो पातहरुमा हावा परोस भनेर
यो आशिष लागोस तिमीलाई ,
पृथ्वीझै शान्ती होस भनेर
यो आशिष लागोस तिमीलाई
युवावस्थाको मुहान सधै रहोस भनेर
यो आशिष लागोस तिमीलाई ।
सत्यताको आशिष लागोस तिमीलाई ,
हुदा दिन र नहुदा लिन सकौ तिमी
यो आशिष लागोस तिमीलाई
सूर्य र चन्द्रमाको किरण सधै रहोस तिमीमा ,
यो आशिष लागोस तिमीलाई।
प्रेमको लागि समय सधै रहोस तिमीमा,
यो आशिष लागोस तिमीलाई।
सम्पन्न जीवन -
पवित्र जीवन,
सधै रहोस यो आशिष लागोस तिमीलाई।
From the publisher's feed