
Sign up to save your podcasts
Or


Patrick J. Deneen का दुई प्रभावशाली कृतिहरू—Why Liberalism Failed र Regime Change: Toward a Postliberal Future—का आधारमा आजको अमेरिकी संकटको विश्लेषण।
Why Liberalism Failed मा डेनेनले तर्क उदारवादले स्वतन्त्रताको नाममा सामाजिक एकता र संस्थागत बल खोस्दै गएको छ गर्छन् ।
Regime Change मा उनी जबसम्म परम्परागत सामाजिक संस्थाहरू, नागरिक समाज, र सत्ता सन्तुलन बलियो हुँदैन, लोकतन्त्र स्खलित हुन सक्छ भन्छन् ।
हरि शर्माबाट लोकतन्त्रभित्रै देखिन थालेको संकटबारे स्पष्ट र गहिरो दृष्टिकोण बारे यी दुई पुस्तकका आधारमा चर्चा सुन्नुहोस् ।
यो एपिसोड Democracy in America र The Federalist Papers को पछिल्लो दुई अंकको निरन्तरता पनि हो।
Democracy in America अलेक्सिस द टोकेभिलको सर्वकालिक महत्त्वपूर्ण पुस्तक हो, जसमा उनले अमेरिकी लोकतन्त्रलाई विश्लेषण गर्दै समाजमा लोकतान्त्रिक मूल्यहरूको प्रभावबारे गहिरो अध्ययन गरेका छन्।
टोकेभिल सन् १८०५ मा फ्रान्समा जन्मिएका थिए, र १८३१ मा अमेरिका भ्रमण गर्न गएका थिए। त्यहाँ उनले अमेरिकी समाज, नागरिक स्वतन्त्रता र शक्ति सन्तुलनको अभ्यासलाई नजिकबाट नियाले। यस अध्ययनको आधारमा उनले १८३५ मा पहिलो खण्ड र १८४० मा दोस्रो खण्ड प्रकाशित गरे।
पुस्तकमा उनले यी महत्त्वपूर्ण प्रश्नहरू उठाएका छन्:
भारतीय लेखकहरूको चर्चित आख्यान लेखन (fictional writings) माथि आधारित विशेष शृंखलाको अन्तिम अंकमा हामी श्रिलाल शुक्लद्वारा लिखित राग दरबारीको चर्चा गर्दैछौँ।
राग दरबारी एउटा व्यंग्यात्मक उपन्यास हो, जसले भारतीय समाजको प्रशासनिक संरचना, भ्रष्टाचार, र जनजीवनमा देखिने विडम्बनालाई हास्य-व्यंग्य शैलीमा प्रस्तुत गर्छ। ग्रामीण भारतको राजनीति, स्वार्थी तन्त्र, र शक्ति संघर्षलाई लेखकले यथार्थपरक ढंगले चित्रण गर्नुभएको छ
राजनीतिक शक्ति केवल भाषण र चुनावको खेला होइन, यो व्यवस्थापकीय असक्षमता, भ्रष्टाचार, र सामाजिक अन्यायको कथासमेत हो। जब जनताको आवाज दबाइन्छ, राजनीतिमा कसको स्वार्थ रहन्छ?
तपाईं किताब चर्चा सुन्दै हुनुहुन्छ। हामी अहिले भारतीय लेखकहरूका चर्चित आख्यान लेखन (fictional writings) माथि आधारित विशेष शृंखला प्रस्तुत गर्दैछौँ। अघिल्लो हप्ता हामीले मुख्यमन्त्री को चर्चा गर्यौं, र आजको अंकमा हरि शर्मा मनु भण्डारीको ‘महाभोज’ उपन्यासको चर्चा गर्दै हुनुहुन्छ।
महाभोज एक राजनैतिक व्यंग्य हो, जसले प्रशासनिक असक्षमता, भ्रष्टाचार, र समाजमा देखिने राजनीतिक स्वार्थहरूको यथार्थ चित्रण गर्दछ। एक निर्दोष युवकको हत्यालाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले कसरी शक्ति र स्वार्थले न्यायलाई कुहिरोमा हराउँछ भन्ने देखाउँछ । अब सुन्नुहोस्, हरि शर्माबाट मनु भण्डारीको महाभोज उपन्यासको चर्चा।
के लोकतन्त्रको अत्यधिक प्रयोगले समाजलाई ध्रुवीकृत बनाउँछ? सामाजिक वा व्यक्तिगत तहका हरेक कुराकानी राजनीति केन्द्रित हुन थाले भने लोकतन्त्र बलियो हुन्छ वा कमजोर?
आजको अंकमा हरि शर्मा रोबर्ट बी. टलिसद्वारा लिखित पुस्तक "Overdoing Democracy: Why we must put politics in its place" को चर्चा गर्दै हुनुहुन्छ। टलिसले यस पुस्तकमा आधुनिक लोकतान्त्रिक समाजमा अत्यधिक राजनीतिकरणले कसरी सार्वजनिक जीवन र सामाजिक सम्बन्धलाई प्रभावित गर्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्नुभएको छ।
लोकतन्त्र स्वस्थ रहनका लागि नागरिक सहभागिता आवश्यक छ, तर जब हरेक सामाजिक गतिविधि, सम्बन्ध र पहिचान राजनीतिक प्राथमिकताबाट निर्देशित हुन थाल्छ, तब लोकतान्त्रिक मूल्यहरू कमजोर हुन थाल्छन् भन्ने तर्क पुस्तकले गर्छ । "Overdoing Democracy" ले हाम्रो सामाजिक र व्यक्तिगत जीवनलाई पुनर्विचार गर्न आग्रह गर्दै लोकतन्त्रको सन्तुलित अभ्यास कसरी सम्भव छ भन्नेबारे विचार प्रस्तुत गर्दछ।
राजनीति केवल नीति र सिद्धान्तको खेल होइन, यो शक्ति, अवसर, र संघर्षको कथासमेत हो। नेतृत्वको नैतिकता, सत्ता टिकाइराख्ने रणनीति, र व्यक्तिगत स्वार्थले राजनीतिलाई कहाँसम्म पुर्याउन सक्छ?
तपाईं किताब चर्चाको २८औँ शृंखला सुन्दै हुनुहुन्छ। हामी आजबाट भारतीय लेखकहरूको चर्चित आख्यान लेखन (fictional writing) माथि आधारित विशेष शृंखला शुरू गर्दैछौँ। यस शृंखलाको पहिलो पुस्तक चाणक्य सेनद्वारा लिखित ‘मुख्यमन्त्री’ हो, जुन भारतीय राजनीतिमा देखिने सत्ता संघर्ष, अवसरवाद, र नेताहरूको महत्वाकांक्षालाई केन्द्रमा राखेर लेखिएको छ।अब सुन्नुहोस्, हरि शर्माबाट चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री किताबको चर्चा ।
आजको अंकमा हरि शर्मा ऋषिकेश शाहद्वारा लिखित पुस्तक "Nepali Politics: Retrospect and Prospect" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तक नेपालको राजनीतिक इतिहास, विशेष गरी पञ्चायती शासन प्रणाली अभ्यास भएको एक दशक पछाडीको अवस्थाको विश्लेषणमा केन्द्रित छ।
यो एपिसोड अघिल्लो अंकको निरन्तरता हो। पञ्चायती व्यवस्थाको विश्लेषण गर्दा ऋषिकेश शाहले राजनीतिक विकासको प्रक्रिया र संकटका विभिन्न पक्षहरूलाई "Crisis and Sequences in Political Development" किताबकै दृष्टिकोणबाट हेर्नुभएको छ। शाहाको पुस्तकले नेपालको राजनीतिक परिदृश्यमा देखिएका संरचनात्मक समस्या, ती समस्याले उत्पन्न गरेको अस्थिरता र सम्भावित समाधानहरूबारे गहिरो दृष्टिकोण प्रदान गर्दछ।
आजको अंकमा हरि शर्मा फ्रेडरिक एच. गेजद्वारा लिखित पुस्तक "Regionalism and National Unity in Nepal" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकमा लेखकले नेपालको भूगोल, जातीय संरचना र राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय एकताका चुनौती र सम्भावनालाई उजागर गर्नुभएको छ।
यो अंक अघिल्ला दुई अंकको निरन्तरता हो। "Crisis and Sequences in Political Development" र "Nepali Politics: Retrospect and Prospect" पुस्तकहरूको सन्दर्भलाई समेट्दै, यो अंकमा हरि शर्मा फ्रेडरिक गेजको किताब र क्षेत्रीयता र राष्ट्रिय एकताका विषयमा कुरा गर्दै हुनुहुन्छ। "Regionalism and National Unity in Nepal" ले क्षेत्रीय असन्तुलन, विकासको असमानता र राजनीतिक प्रतिनिधित्वमा रहेको विभाजनले कसरी राष्ट्रिय एकतालाई चुनौती दिन्छ भन्नेबारे विश्लेषण गर्छ। अब हरि शर्माबाट पुस्तकको विस्तृत चर्चा सुन्नुहोस्।
मानिसको स्वतन्त्रता र पृथ्वीको स्वास्थ्यबीचको सम्बन्ध के हो? के हामीले प्रगति र विकासको नाममा प्रकृतिलाई विनाशको बाटोमा लगिरहेका छौँ?
आजको अंकमा हरि शर्मा सुनील अमृतद्वारा लिखित पुस्तक "The Burning Earth: A History" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले विगत ५०० वर्षको मानव इतिहासलाई वातावरणीय परिप्रेक्ष्यबाट हेरिरहेको छ, जहाँ साम्राज्यवादी आकांक्षाहरू, ऊर्जाको खोजी र आधुनिक विश्वको निर्माणसँगै पृथ्वीको विनाश कसरी जोडिएको छ भन्ने उजागर गरिएको छ।
From the publisher's feed
किताब चर्चामा स्वागत छ!
उकालो अभियानले सञ्चालनको दोस्रो वर्षमा आफ्नो माध्यमलाई फराकिलो बनाउने ध्येयसहित नागरिक छलफल र बहसलाई स्थान दिन आफै तथा दोस्रो निकायसँगको सहकार्यमा विभिन्न…