Kitab  Charcha

Kitab Charcha

Download on the App Store

Kitab Charcha episodes

  • IVAN KRASTEV & STEPHEN HOLMES: THE LIGHT THAT FAILED

    उकालो पडकास्टमा पूर्व–पश्चिम विभाजनलाई जोड्ने दुई प्रख्यात बौद्धिक व्यक्तित्वहरू इभान क्रस्टेभ र स्टिफन होम्सद्वारा संयुक्त रूपमा लिखित किताब ‘द लाइट द‍्याट फेल्ड: ह्वाइ द वेस्ट इज लुजिङ द फाइट फर डेमोक्रेसी’को चर्चा लिएर हरि शर्मा आउनुभएको छ। यो उदारवादको संकटप्रति हाम्रो बुझाइलाई पूर्णरूपमा परिवर्तन गर्ने एउटा महत्त्वपूर्ण पुस्तक हो। र यसले शीतयुद्ध जितेपछि पश्चिमा मुलुकहरूले आफ्नो राजनीतिक सन्तुलन किन गुमाए भन्ने बताउँछ।

    किताब चर्चा पडकास्ट तपाईंलाई कस्तो लागिरहेको छ? पडकास्टका बारेमा थप जान्न चाहेमा इन्स्टाग्रामा @kitabcharcha या हामीलाई केही भन्न चाहेमा [email protected] मा लेख्न सक्नुहुन्छ।


    24 min
  • SALMAN RUSHDIE: KNIFE


    आजको पडकाष्टमा हरि शर्मा सलमान रुश्दीको मार्मिक र शक्तिशाली आत्मकथा, नाइफ: मेडिटेसन्स् अफ्टर एन एटेम्टेड मर्डरको चर्चा लिएर आउनु भएको छ । यो किताबमा रूश्दीले २०२२ मा भएको छुरा प्रहारबाट लगभग समाप्त भएको आफ्नो जिवनको त्रासदीपूर्ण अनुभवको वर्णन गरेका छन् । यो पुस्तक अप्रिल २०२४ मा जोनाथन केपद्वारा प्रकाशित गरिएको हो ।, र यसमा उक्त भयानक दिनको पछिको समयलाई बर्णन गरिएको छ । किताबका बारेमा थप चर्चा हरि शर्मा बाट ।  

    यो पडकाष्टको पहिलो अंक तपाईंले सुन्न भ्याउनु भयो? त्यसमा हरि शर्माले भिन्सेन्ट बेभिन्स् को इफ वी बर्न पुस्तको चर्चा गर्नु भएको थियो ।

    पडकाष्टका बारेमा थप जान्न चाहेमा इन्सटाग्रामा @kitabcharcha वा हामीलाई केहि भन्न चाहेमा
    [email protected] मा लेख्न सक्नुहुन्छ । 



    19 min
  • VINCENT BEVINS: IF WE BURN

    भिन्सेन्ट बेभिन्स् को इफ वी बर्न: द मास प्रोटेष्ट डिकेड एण्ड द मिसिङ रिभोलुसन  किताबको चर्चा । 



    भिन्सेन्ट बेभिन्स् को इफ वी बर्न: द मास प्रोटेष्ट डिकेड एण्ड द मिसिङ रिभोलुसन किताब संसारलाई परिवर्तन गर्न खोजेका हालैका विद्रोहहरूको कथा हो । २०१० देखि २०२० सम्म, मानव इतिहासको कुनै पनि अन्य समयमा भन्दा धेरै मानिसहरूले विरोधमा भाग लिएका थिए। तर यति धेरै विद्रोह हुँदापनि हामीले न्यायपूर्ण र लोकतान्त्रिक समाजहरूमा जीवन बिताइरहेका छैनौं। "इफ वी बर्न" एक ऐतिहासिक कार्य हो, जसले एक महत्वपूर्ण प्रश्नमा आधारित छ: यति धेरै जनआन्दोलनहरूले आफ्नो मागको विपरीत किन नतिजा ल्याउन सकेनन्? अरब स्प्रिंग भनिने घटनाबाट लिएर टर्कीको गेजी पार्क, युक्रेनको यूरोमाइदानदेखि चिली र हङकङका विद्यार्थी विद्रोहसम्म, प्रसिद्ध पत्रकार विन्सेन्ट बेभिन्सले सडक आन्दोलनहरू र तिनीहरूको परिणामहरूको स्पष्ट विवरण दिएका छन्। उनले चार वर्षको अनुसन्धान र विश्वभरि गरिएको सयौं अन्तर्वार्ताहरू, साथै ब्राजिलमा आफ्नै अनौठो अनुभवहरू प्रयोग गरेका छन्, जहाँ प्रगतिशील आन्दोलनको नेतृत्वमा भएको विरोधले चरम-दक्षिण सरकारको उदय गरायो जसले अमेजनलाई आगो लगायो। यहि सेरोफेरोमा बसेर हरि शर्माले यो किताब र पछिल्ला आन्दोलनको चर्चा गर्नु भएको छ ।



    28 min

About Kitab Charcha

From the publisher's feed

किताब चर्चामा स्वागत छ!

उकालो अभियानले सञ्चालनको दोस्रो वर्षमा आफ्नो माध्यमलाई फराकिलो बनाउने ध्येयसहित नागरिक  छलफल र बहसलाई स्थान दिन आफै तथा दोस्रो निकायसँगको सहकार्यमा विभिन्न…