Kitab  Charcha

Kitab Charcha

Download on the App Store

Kitab Charcha episodes

  • LEONARD BINDER et al. : CRISIS AND SEQUENCES IN POLITICAL DEVELOPMENT

    आजको अंकमा हरि शर्मा, लियोनार्ड बाइन्डरसहित ६ जना लेखकको पुस्तक “Crisis and Sequences in Political Development” को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले राजनीतिक विकासलाई एउटा जटिल र बहुआयामिक प्रक्रिया मानेर, यस क्रममा उत्पन्न हुने संकटहरूलाई पाँचवटा प्रमुख समूहमा विभाजन गरेको छ: पहिचान संकट, वैधता संकट, सहभागिता संकट, सघनता संकट र वितरण संकट। यी संकटहरूले राजनीतिक प्रणालीलाई कसरी चुनौती दिन्छन् र तिनको समाधानले समाजलाई स्थिरता र प्रगतितर्फ कसरी अघि बढाउँछ भन्ने विषयमा पुस्तकले गहन अन्तर्दृष्टि प्रदान गर्छ।

    19 min
  • ROBERT MICHAELS: POLITICAL PARTIES

    आजको अंकमा हरि शर्मा, रोबर्ट माइकल्सद्वारा लिखित पुस्तक ‘Political Parties: A Sociological Study of the Oligarchical Tendencies of Modern Democracy’को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राजनीतिक दलहरूको संरचना र तिनीहरूको सत्ताको स्वरूपलाई गहिरो विश्लेषण गरेको छ।

    माइकल्सले यस पुस्तकमा राजनीतिक दल र अन्य संगठनहरू, चाहे ती कति पनि लोकतान्त्रिक किन नहुन्, अन्ततः सानो सत्ताधारी समूहद्वारा नियन्त्रित हुन्छन् भन्ने आफ्नो प्रसिद्ध Iron Law of Oligarchy प्रतिपादन गर्नुभएको छ। पुस्तकले संगठनात्मक स्थायित्व र सशक्त नेतृत्वको आवश्यकतालाई कसरी सत्ताको केन्द्रीकरणतर्फ लैजान्छ भन्ने विषयलाई स्पष्ट पार्छ।

    ‘Political Parties’ किताबले आधुनिक लोकतन्त्रमा विद्यमान असमानता, शक्ति-सन्तुलन, र नागरिक सहभागिताका सीमाहरूलाई उजागर गर्दै, पाठकलाई गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ।हरि शर्मा अब "Political Parties" किताब र आधुनिक लोकतन्त्रमा देखिने सत्ताको केन्द्रीकरणका प्रवृत्तिहरूबारे चर्चा गर्दै हुनुहुन्छ।



    22 min
  • DHANUSH CHANDRA GOTAME: GHAMKA PAILAHARU

    आजको अंकमा हरि शर्मा, धनुषचन्द्र गोतामेद्वारा लिखित पुस्तक ‘घामका पाइलाहरू’को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले नेपालको मधेशको ग्रामीण जीवन, मानिसका संघर्ष र सामाजिक परिवेशलाई निकै कलात्मक रूपमा प्रस्तुत गरेको छ।

    ‘घामका पाइलाहरू’मा गोतामेले ग्रामीण समाजमा मधेशका मानिसको जीविका, आशा, र निराशाका कथालाई चित्रण गरेका छन्। यस पुस्तकमा प्रकृतिसँगको सह-अस्तित्व र जीवनका संघर्षको कथा छ। गौतमको लेखनी सरल तर गहन छ, जसले हरेक पंक्तिमा नेपाली समाजको एउटा कथा प्रस्तुत गर्दछ।

    हरि शर्मा अब ‘घामका पाइलाहरू’ र यसले चित्रण गरेको ग्रामीण जीवनका कथा र सामाजिक सन्देशबारे चर्चा गर्दै हुनुहुन्छ।



    23 min
  • RAMESH BHUSAL: CHHAAL BATO

    आजको अंकमा हरि शर्मा रमेश भुसालद्वारा लिखित पुस्तक 'छालबाटो'को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले कर्णाली नदीको उद्गमस्थलदेखि कैलाश मानसरोवर हुँदै गङ्गासम्म करिब एक हजार एक सय किलोमिटर लामो दूरी छिचोलिएको ४५ दिने यात्राको वर्णन गर्दछ। यो किताबमा भुसालले नदीसँग जोडिएका विभिन्न पात्रहरूको कथा, जलवायु परिवर्तन, बाँध निर्माण र स्थानीय समुदायको जीवनशैलीबारे गहिरो अध्ययन प्रस्तुत गरेका छन्।

    छालबाटो पुस्तकले नदी र मानिसको जीवनबीचको सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गर्दै पाठकलाई जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरूमा सचेत बनाउँछ। यो यात्रा-वृत्तान्तले केवल एक साहसिक यात्रा मात्र नभई सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षहरूको विस्तृत अवलोकन गराउँछ।हरि शर्मा अब 'छालबाटो' र कर्णाली नदीको यात्राको कथा र यसका बहुपक्षीय प्रभावहरूबारे चर्चा गर्दै हुनुहुन्छ।



    37 min
  • LUDWIG F. STILLER: THE SILENT CRY

    आजको अंकमा हरि शर्मा लुडविग एफ स्टिलर एसजेद्वारा लिखित 'The Silent Cry: The People of Nepal 1816-1839' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले १८१५ डिसेम्बर को सुगौली सन्धिपछि १८१६ देखि १८३९ सम्मको नेपालको सामाजिक, राजनीतिक, र सांस्कृतिक परिवर्तनहरूको गहिरो विश्लेषण प्रस्तुत गर्दछ। सुगौली सन्धीपछि देशले भोगेका चुनौतीहरू र जनजीवनमा परेको प्रभावलाई पुस्तकले जीवन्त रूपमा उजागर गरेको छ।

    स्टिलरले नेपालका जनताको मौन संघर्ष, सामाजिक असमानता र राजनीतिक अस्थिरतालाई चित्रण गर्दै सत्ताको केन्द्रीकरण तथा बाह्य शक्तिको प्रभावलाई पुस्तकको केन्द्रमा राखेका छन्। यो पुस्तक इतिहासप्रेमीहरूका लागि मात्र नभई, समाजका विभिन्न तहहरूको पीडा र प्रतिरोधलाई बुझ्न चाहने सबैका लागि महत्त्वपूर्ण दस्तावेज हो।



    29 min
  • INGO SCHMIDT: THE THREE WORLDS OF SOCIAL DEMOCRACY

    आजको अंकमा हरि शर्मा इंगो स्मिटद्वारा सम्पादित पुस्तक 'The Three Worlds of Social Democracy: A Global View' को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले समाजवाद र सामाजिक लोकतन्त्रको ऐतिहासिक र सैद्धान्तिक विकासलाई विभिन्न भौगोलिक क्षेत्रका दृष्टिकोणबाट विश्लेषण गरेको छ। 
    पुस्तकमा पश्चिमी र पूर्वी युरोप, ल्याटिन अमेरिका, भारत तथा दक्षिण अफ्रिकामा सामाजिक लोकतान्त्रिक पार्टी र सरकारहरूको अनुभवको विभिन्न विज्ञहरूले समीक्षात्मक अध्ययन प्रस्तुत गरेका छन्।

    यो किताबले विभिन्न समाजमा सामाजिक लोकतन्त्रको कार्यान्वयनमा देखिएका विविधता र समानतालाई स्पष्ट रूपमा चित्रण गरेको छ।

    कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई [email protected] मा लेख्न सक्नुहुन्छ।

    33 min
  • DR LOK RAJ BARAL: OPPOSITIONAL POLITICS IN NEPAL

    आजको अंकमा हरि शर्मा लोकराज बरालले लेख्नुभएको ‘Oppositional Politics in Nepal’ (अपोजिसनल पोलिटिक्स इन नेपाल) पुस्तकको चर्चा गर्दै हुनुहुन्छ।

    १९७७ मा प्रकाशित यो पुस्तक नेपालको राजनीतिक प्रणालीको ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। यसले नेपालको राजनीतिक परिदृश्यमा प्रतिपक्षी र शासकबीचको द्वन्द्व र प्रतिपक्षी शक्तिहरूले कसरी प्रजातान्त्रिक शासनका लागि नेपालमा कसरी मार्ग तयार पारे भन्ने विश्लेषण गरेको छ।



    25 min
  • PRANAB BARDHAN: A WORLD OF INSECURITY

    आजको अंकमा हरि शर्मा प्रनब बर्धनद्वारा लिखित 'अ वर्ल्ड अफ इन्सेक्युरिटीः डेमोक्रेटिक डिसइन्च्यान्टमेन्ट इन रिच एन्ड पुअर कन्ट्रिज' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। 

    यस पुस्तकले आर्थिक असमानता, सामाजिक विभाजन र पर्यावरणीय संकटका कारण विश्वका विभिन्न समुदायहरू कसरी असुरक्षाको अवस्थामा छन् भन्ने विश्लेषण गरेको छ। बर्धनले यो किताबमा असुरक्षाका विभिन्न आयाम, खासगरी आर्थिक असमानता र शक्ति सन्तुलनको प्रश्नलाई विशेष ध्यान दिएका छन्।

    कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई [email protected] मा लेख्न सक्नुहुन्छ।

    34 min
  • PRATYOUSH ONTA, LOKRANJAN PARAJULI, & MARK LEICHTY:NEPAL IN THE LONG 1950s

    आजको अंकमा हरि शर्माले प्रत्यूष वन्त, लोकरञ्जन पराजुली र मार्क लिच्टीद्वारा सम्पादित 'Nepal in the Long 1950s' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले सन् १९५० को दशकमा नेपालको राजनीतिक संक्रमण, राणा शासनको अन्त्य र प्रजातन्त्रको शुरूआती अवस्थालाई विस्तृत रूपमा वर्णन गरेको छ। साथै, यो किताबले दोस्रो विश्वयुद्धपछिका उपनिवेशवाद विरोधी आन्दोलन र नयाँ प्रकारका पुँजीवादको उदयको विश्वव्यापी घटनाक्रमहरूले नेपाललाई पारेको प्रभावबारे पनि बर्णन गर्दछ।मार्टिन चौतारीद्वारा सन २०२४ मा  प्रकाशित किताब 'Nepal in the Long 1950s' र यससँगै नेपालको १९५० को दशकको ऐतिहासिक परिप्रेक्ष्यबारे हरि शर्मा आज चर्चा गर्दै हुनुहुन्छ।

    कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई [email protected] मा लेख्न सक्नुहुन्छ।

    29 min
  • BARRINGTON MOORE JR: SOCIAL ORIGINS OF DICTATORSHIP AND DEMOCRACY

    आजको अंकमा हरि शर्मा बेरिङ्टन मुरद्वारा लिखिएको पुस्तक "सोसल ओरिजिन्स् अफ डिक्टेटरसिप एन्ड डिमोक्रसी" बारे चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले तानाशाही शासन तथा प्रजातन्त्रको उत्पत्ति र त्यसको सामाजिक पृष्ठभूमिबारे गहिरो विश्लेषण प्रस्तुत गरेको छ। 

    यो पडकास्टको रेकर्डिङ २०२० मार्चमा रेकर्ड गरिएको हो र अहिले पुन: प्रसारण हुँदैछ।

    "सोसल ओरिजिन्स् अफ डिक्टेटरसिप एन्ड डिमोक्रसी" ले विभिन्न देशहरूको उदाहरणमार्फत प्रजातन्त्र र तानाशाही शासनको सामाजिक विकास कसरी भिन्न हुन्छ भन्ने कुरालाई उजागर गर्छ। अब हरि शर्माबाट पुस्तकका प्रमुख बुँदाहरूको विस्तृत चर्चा सुन्नुस्।

    कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने, हामीलाई [email protected] मा लेख्न सक्नुहुन्छ।

    28 min

About Kitab Charcha

From the publisher's feed

किताब चर्चामा स्वागत छ!

उकालो अभियानले सञ्चालनको दोस्रो वर्षमा आफ्नो माध्यमलाई फराकिलो बनाउने ध्येयसहित नागरिक  छलफल र बहसलाई स्थान दिन आफै तथा दोस्रो निकायसँगको सहकार्यमा विभिन्न…