MySansar

MySansar

By MySansarNewsNews Commentary
Download on the App Store

MySansar episodes

  • माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा

    यस अडियो पडकास्टमा, एक पुरुषको मौन चीत्कार सुन्नुहोस्। यो घटना पीडित भएर पनि दोषी बनाइएका ती पुरुषहरूको प्रतिनिधि हो, जसको मौनतालाई समाजले कहिल्यै सुन्दैन।


    🎧 सुन्नुहोस्, किनभने पीडाको कुनै जेन्डर हुँदैन।


    👉 सम्पूर्ण ब्लग पढ्न: https://mysansar.com/2025/06/52575/

    5 min
  • पत्रिकाले होस नपुर्‍याई एआई प्रयोग गर्दा लाजमर्दो अवस्था

    आज हामी एउटा यस्तो घटनाबारे कुरा गर्दैछौं जसले पत्रकारिताको विश्वसनीयता र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगमाथि गम्भीर प्रश्न उठाएको छ। शिकागो सन-टाइम्स नामक पत्रिकाले हालै आफ्नो "हिट इन्डेक्स" गाइडमा एक ग्रीष्मकालीन पठन सूची (summer reading list) प्रकाशित गर्‍यो। यो सूचीमा वास्तविक लेखकहरूका धेरै काल्पनिक (अस्तित्वमा नभएका) पुस्तक शीर्षकहरू समावेश थिए। सबैभन्दा चिन्ताजनक कुरा के हो भने, यो सूची आंशिक रूपमा AI द्वारा उत्पादन गरिएको थियो।

    9 min
  • मिडियाको आइपिओ : सूचीबाट हट्यो कान्तिपुर टिभी, न्युज २४ टिभीको कम्पनी भने कायमै

    घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफलता’बाट प्रभावित भएर थप मिडिया कम्पनीले पनि आइपिओ निकाल्ने तयारी गरिरहेको छ।

    8 min
  • मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?

    नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका छन्

    केही समय अघिदेखि यस्तो समाचार, फेसबुक स्टायटसहरु तपाईँले प्रशस्तै देख्नुभएको होला। एउटा मात्र अनलाइन होइन, थुप्रै अनलाइनहरुमा यस्तै लेखियो। तर धेरैले लेख्दैमा गलत कुरा साँचो हुने होइन। डम्बरबहादुर दलित समुदायका पहिलो डिआइजी होइनन्, पहिलो को हुन् ? यो खोज्न भने अलि मेहनत गर्नुपर्‍यो। आउनुस् हेरौँ, प्रमाणसहित।

    https://mysansar.com/2025/05/52508/

    7 min
  • कुलमानलाई खुइल्याउने नियत राख्दा मिडिया आफै यसरी चिप्लिए

    नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। विद्युत प्राधिकरणको नाफा त सबै कृत्रिम रहेछ, कुलमानले नक्कली आम्दानी देखाएका रहेछन्, अहिले त अर्बौँ घाटा रहेको पो देखियो – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए साबहरुसँग खास कुरो के हो भन्ने जिज्ञासा राखेँ। उनीहरुले प्राविधिक कुरा बुझाइदिएपछि पो छर्लङ्ग भएँ- मिडियाले हिसाब नबुझेका रहेछन्। अथवा कुलमानलाई खुइल्याउने नियतले बुझ पचाएर जनता झुक्याउन खोजेका रहेछन्। थप : https://mysansar.com/2025/05/52490/

    7 min
  • रेशम-सर्वोच्च-प्रहरी काण्डमा मिडिया कहाँ-कहाँ चुक्यो?

    आज हाम्रो देशमा फिल्म भन्दा तेज गतिमा घटना घट्यो – सर्वोच्चको अनधिकृत पत्रले नेता जेल, पछि पत्र लेखक नै प्रहरीको हिरासतमा! तर मिडियाले के गर्‍यो? स्रोतले भन्यो भन्दै गलत खबर ठोक्दै मिथ्या सूचना पस्कियो। कसरी भटाभट मिडिया चिप्लिए

    5 min
  • राजा ज्ञानेन्द्रले 'कू' गर्दा बीबीसी हिन्दीको समाचार

    On 1 February, 2005, when King ⁠Gyanendra⁠ declared a ⁠state of emergency⁠ and dissolved the parliament of Nepal.⁠ The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".⁠⁠

    The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute power and to reinstate the dissolved ⁠House of Representatives⁠, following the ⁠Loktantra Andolan⁠.⁠


    15 min
  • राजा ज्ञानेन्द्रको 'कू' (सन् २००५ फेब्रुअरी १)

    On 1 February when King ⁠Gyanendra⁠ declared a ⁠state of emergency⁠ and dissolved the parliament of Nepal.⁠ The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".⁠⁠

    The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute power and to reinstate the dissolved ⁠House of Representatives⁠, following the ⁠Loktantra Andolan⁠.⁠⁠





    36 min

About MySansar

From the publisher's feed

Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media.