मौद्रिक नीति २०७७ बारे कान्तिपुर टिभीमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो लाइभ। प्रस्तोता सुदिल पोखरेल थिए। पाहुनाहरु बोलाइएका थिए, नेपाल राष्ट्र बैँक गभर्नर महाप्रसाद अधिकारी, नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल, उद्योगी चन्द्र ढकाल र उद्योगी पवन गोल्यान। कार्यक्रमको २९ औँ मिनेटपछि प्रस्तोताले भने, 'अब पालो भएको छ व्यापारिक विश्रामको, छोटो विश्रामपछि पुनः आउने छौँ।' टिभीमा विज्ञापन बज्न थाल्यो। तर यता स्टुडियोमा जे भयो, त्यो रेकर्ड भइरहेको थियो। जुलाई १२, २०२० मा युट्युबमा त्यो नकाटी सिधै अपलोड हुँदा हामी हेर्नेहरुले करिब पाँच मिनेट 'Off the record' कुरा सुन्न पायौँ।