
Sign up to save your podcasts
Or


अबदेखि हरेक हप्ता साप्ताहिक कार्यक्रम शिक्षाको रुपान्तरण सुरु भएको छ । कार्यक्रममा साताभरीका शिक्षाका गतिविधि, शैक्षिक सरोकारवालासँगको कुराकानी र नयाँ विषयमा गम्भीर छलफल हुनेछ । यसपटक साताभरीका प्रस्तुत गरिएको छ ।
श्वासप्रश्वास तथा छात्ती रोग विशेषज्ञ डा. सुवोध सागर ढकालसँगको कुराकानी
सांसद अमनलाल मोदीले उखु किसानले बक्यौता रकम नपाएसम्म अनशन बस्ने चेतावनी दिनु भएको छ । रेडियो क्यान्डिडसँग कुराकानी गर्दै सांसद मोदीेले उुख मिल सञ्चालकले दिन बाँकी रहेको ८ करोड ७० रुपैयाँ बक्यौता भुक्तानी नभएसम्म आफू माइतीघरमा अनशन बस्ने चेतावनी दिनु भएको हो । बक्यौता रकम पाउनुपर्ने माग गर्दै उखु किसान माइतीघरमा आन्दोलन गर्ने तयारीमा छन् ।
पछिल्लो समय व्यस्तताले गर्दा बालबालिकालाई समय दिन नसक्नेको संख्या बढ्दो छ । यसले गर्दा बालबालिकामा मानसिक समस्या बढेको विभिन्न अनुसन्धानले निष्कर्ष निकालेका छन् । आफ्ना बालबालिकालाई होस्टेल राख्ने तथा आफुबाट टाढा राख्नाले पछि सम्म असर पर्ने मनो चिकित्सकले बताएकाछन् । आमाबाबुले समय नदिदा कस्तो असर गर्छ ? भनेर सहकर्मी विना न्यौपानेले मनो चिकित्सक डाक्टर रिषभ कोईरालालाई सोध्नुभएको छ ।
किसानहरुलाई आधुनिक कृषी पेशा व्यवसायमा जोडाउन क्षमता अभिवृद्धिका लागि तालिम आवश्यक छ । कैसाङ नुर्पु तामाङ – अध्यक्ष, गोसाईकुण्ड गाउँपालिका, रसुवा ।
राप्रपासँग एकता हुँदैन, सहकार्य हुनसक्छ, संघियता खारेज हुनुपर्छ : सरदराज पाठक, प्रवक्ता, विवेकशिल साझा
बालबालिकामा देखिने काेल्ड डायरीयाकाे बारेमा बालराेग बिशेषज्ञ डाक्टर उमा गुरुङ के भन्नु हुन्छ ?
आमाबाबुले बालबालिकालाई समय नदिदा देखिने मानसिक समस्या बारे बताउनु हुदै मनोचिकित्सक डाक्टर ऋषभ कोईराला
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाम बाचन गरेर २३६ जना सदस्यको टुंगो लगाइरहेका बेला माओवादी केन्द्रीय सदस्यले नेतृत्वको बचाउ गरेका छन् । माओवादी केन्द्रीय सदस्य तथा सांसद दुर्गा विश्वकर्माले केन्द्रीय सदस्य चयन गर्दा समानुपातिक पद्धतिलाई कार्यान्वयन गरिएको भन्दै प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य बनाएको भन्नु आपत्तिजनक रहेको बताउनुभयो । माओवादी परिवर्तनकारी शक्ति भएको र देशमा गणतन्त्र, संविधान र संघीयता आउनुमा प्रचण्डकै नेतृत्व जिम्मेवार रहेको पनि उहाँले बताउनुभयो । रेडियो क्यान्डिड टकमा कुरा गर्दै उहाँले पार्टीका सबै नेताकै सहमतिबाटै अध्यक्ष प्रचण्ड चुनिएको र केन्द्रीय सदस्यमा सबैको समान सहभागिता रहेको दाबी गर्नुभयो ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा पनि नेतृत्व परिवर्तन भएको छैन । अध्यक्षमा पुष्पकमल दाहालनै दोहोरिनुभएको छ । समाजको सबैभन्दा पिँधमा रहेका दलित समूदाय भने नेतृत्वको आश मात्रै गरिरहेका छन् । परिवर्तन, समावेशिता र नयाँ नेतृत्वको एजेन्डा चर्कोसँग उठाउने माओवादी दलित समुदायका नेता तथा कार्यकर्तालाई मूल नेतृत्वमा ल्याउन भने कन्जुस्याई गरिरहेको दलित प्रतिनिधिहरुको गुनासो छ । यसै विषयमा साथी विष्णु विश्वकर्माले माओवादी भित्रका दलित महिला नेतृहरु पार्टीको मूल नेतृत्वमा कहिले पुग्छन् ? भनेर सांसद तथा मओवादी केन्द्रीय सदस्य दुर्गा विश्वकर्मालाई सोध्नु भएको छ ः
From the publisher's feed