
Sign up to save your podcasts
Or


नेपालका विभिन्न सहरको वायु प्रदूषणको स्थिति आँकलन गर्दा खतराको घण्टी बजिसकेको छ । प्रदूषणले केही स्वास्थ्य समस्या तुरुन्तै देखिए पनि गम्भीर समस्या देखिन भने समय लाग्ने चिकित्सकले बताएका छन् । वायुप्रदुषणले सास फेर्न गाह्रो हुने तथा दीर्घ रोगिलाई झनै सताउने गरेको छ । श्वासप्रश्वास तथा छात्ति रोग विशेषज्ञ डाक्टर रवि महतलाई सहकर्मी विना न्यौपानेले वायु प्रदुषणले कस्ता समस्या बढाउँछ ? भनेर सोधनु भएको छ ।
पर्यटन प्रवन्धनका लागि चरिकोट–जिरीको सडक स्तरोन्नतीको काम चाँडै सकिदै । मेयर–टंकबहादुर जिरेल, जिरी नगरपालिका ।
याे सिजनमा दाँतमा हुने समस्याकाे बारेमा दन्त चिकित्सक डाक्टर रितु श्रेष्ठसँगको कुराकानी
भौगोलिक विकटतासँगै सामाजिक अन्धविश्वास पनि यहाँको प्रमुख समस्या हो : नगरप्रमुख खड्का,जयपृथ्वी नगरपालिका
आधा मात्रै टुक्राले काम गर्ने कलेजोे प्रत्यारोपण गर्नुपर्ने अवस्था किन आउँछ ? सुनौ कलेजो प्रत्यारोपण युनिट प्रमुख प्रा डा रमेश सिंह भण्डारीसँगको कुरा
माओवादी केन्द्रका नेता गजेन्द्रबहादुर महतले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुध्रिन्छु भन्नु पनि ठूलो उपलब्धि भएको बताउनु भएको छ । रेडियो क्यान्डिडसँग कुरा गर्दै नेता महतले नेपालको व्यवस्था बदलेको पार्टीको अध्यक्षले सुध्रिन्छु भन्नु पनि नेता कार्यकर्ताका लागि सन्तोषको सास फेर्नु भएको बताउनु भएको हो । उहाँले आठौँ महाधिवेशनबाट माओवादी अध्यक्षमा प्रचण्ड नै हुने पनि दाबी गर्नुभयो ।
स्थानिय तहलाई मजबुत बनाउन सके लोकतन्त्र बलियो हुन्छ : नुन बहादुर थापा, अध्यक्ष, पुर्वखोला गाँउपालिका, पाल्पा
पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको हुने चिकित्सकले बताएका छन् । कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो । आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ । चुरोट तथा मदिराजन्य पदार्थको सेवन पनि कलेजो बिग्रने अर्को कारण बन्ने गरेको छ । जसले गर्दा कलेजो बिग्रिएर प्रत्यारोपण गर्नु गर्ने अबस्था आउँछ । सहकर्मी विना न्यौपानेले प्रत्यारोपण सर्जन डाक्टर रमेश सिंह भण्डारीलाई कलेजो प्रत्यारोपण कसरी गरिन्छ ? भनेर सोध्नुभएको छ ।
व्यक्तिगत सावधानी अपनाए ओमिक्रोनबाट डराउनु पर्दैनः सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनसँग कुरा
प्रदेश सरकारसँगको समन्वय सन्तोषजन भएनस्नगरप्रमुख लाल बहादुर महतारा,छेडागाड नगरपालिका
From the publisher's feed