
Sign up to save your podcasts
Or


पछिल्लो समय महिलाहरुमा सानै उमेरदेखी नै स्तन क्यान्सरको समस्या देखिदै आएको तथ्यांकहरुले उल्लेख छ । विभिन्न समयमा गरिएको परिक्षण अनुसार नेपालमा अन्तराष्ट्रिय स्तरमा भन्दा बढि सानै उमेरमा स्तन क्यान्सर देखीएको विज्ञ भनाई छ । करिब २० देखी २५ प्रतिशत महिलाहरु ४० बर्ष भन्दा कम उमेरमा यसबाट प्रभावित हुने गरेको पाइन्छ । अधिकांश स्तन क्यान्सर वंशाणुगत रुपमा हुने भएकाले यसका कारण र यसबाट बच्नको लागी के कस्ता उपायहरु अपनाउन सकिन्छ भनेर हामीले विर अस्पतालका डा. एंव क्यान्सर विज्ञ डा. अम्बुज कर्णलाई सोधेका छौँ
खानपानमा ध्यान नदिदा बढ्यो मुटुमा समस्या, नियमित जाँच गर्दा ह्दयघातबाट बच्न सकिन्छ :- डाक्टर विजय
माओवादी यो महाधिवेशनपछि पनि रुपान्तरण हुने छाट देखेको छैन् : रामनारायण विडारी, माओवादी नेता
अन्नपूर्ण गाउँपालिकामा पर्यटक सम्भावना प्रचुरमात्रामा छ तर पनि संघीय सरकार र प्रदेश सरकारको ऐन कानुनका लागु भएको हुदाँ सो क्षेत्रमा अगाडि बढ्न केही सकिरहेका छैनौ अध्यक्ष युवराज कुवँर
अधिकांश नेपालीसँग मिल्नै एउटै रोग छ भने, त्यो ग्याष्ट्रिक नै हो । खाना र खाना खाने शैलीको कारण नेपालीहरु यस समस्याबाट ग्रसित बनेकाछन् । झट्ट सुन्दा सामान्य लाग्छ, ग्याष्ट्रिक । तर, पेटसँग सम्बन्धित यो समस्याले समग्र स्वास्थ्यमा प्रतिकुल असर पार्छ । समयमा नै यसबाट छुटकारा पाउन सकिएन भने दीर्घकालिन समस्या निम्त्याउने चिकित्सकले बताएकाछन् । के कारणले नेपालीमा ग्याष्ट्रिकको समस्या बढेको हो ? भनेर सहकर्मी विना न्यौपानेले पेट तथा कलेजोरोग विशेषज्ञ डाक्टर उमिद श्रेष्ठलाई सोध्नुभएको छ ।
कोरोना भाइरसको महामारीका कारण नेपालमा हिमाल आरोहण गर्ने बाह्य पर्यटकको संख्या घटेको छ । पछिल्लो समय कोभिडले बाह्य पर्यटक घटेपनि हिमाल आरोहण तथा ट्रेकिङ गर्ने आन्तरिक पर्यटकको संख्या भने बढ्दो छ । त्यसमाथि बेला बेला हुने हिमपातले गर्दा पनि आरोहणमा आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । तर हिमपातले आकर्षण र चर्चा बढ्ने भएपनि बाह्य पर्यटक नआउँदा नेपाली पर्यटन उकासिन गाह्रो परेको छ । साथी विष्णु विश्वकर्माले बाह्य पर्यटक नआउँदा हिमाल आरोहण गराउने गाइड अर्थात पथप्रदर्शक कत्तिको समस्या परेको छ ? भनेर सगरमाथा आरोहण संघका अध्यक्ष माया शेर्पालाई सोध्नु भएको छ
आफै डाक्टर बनेर जथाभावी औषधि खादा बढे अल्सरका बिरामी :- डाक्टर उमिद
जाडो मौसममा प्रायःमानिसहरुको छाला फुस्रो हुने, हातखुट्टाको औला सुनिने समस्या देखिन्छ । चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्या जाडो महिनामा धेरै देखिने चिकित्सकले बताएका छन् । यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ। ‘चिलब्लेन्स कस्ता व्यक्तिलाई धेरै देखा पर्छ भनेर सहकर्मी विना न्यौपानेले यौनतथा छाला रोग विशेषज्ञ डाक्टर सुदिप पराजुलिलाई सोध्नुभएको छ ।
गाउँपालिकामा सबै काम सर्वसम्मत, जनप्रतिनिलाई खोट लगाउने ठाँउ छैन, दान बहादुर थापा, दैलेख
नेकपा माओवादी केन्द्रका नेता गणेश साहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्व अहिलेको आवश्यकता रहेको बताएका छन् । रेडियो क्यान्डिड टक कार्यक्रममा कुरा गर्दै माओवादीको प्रदेश २ का इन्चार्जसमेत रहेका नेता साहले प्रचण्डले नै माओवादीको नेतृत्वलाई न्याय गर्ने बताएका हुन् । प्रचण्ड तहको नेता पार्टीमा अहिले नभएको भन्दै उहाँले माओवादीलाई रुपान्तरण गर्न नेतृत्वमा सुधार आवश्यक रहेको बताएका हुन् । उहाँले आठौँ महाधिवेशनपछि पार्टीमा धेरै परिवर्तन आवश्यक रहेको बताएका हुन् । यसका लागि अध्यक्ष पचण्डको राजनीतिक प्रतिवेदनलाई सबै मिलेर कार्यान्वयन गर्नुपर्ने पनि उहाँले बताउनुभयो । माओवादीलाई सुधार्न संसद, सरकार र जनतामा माओवादी नेताहरुले लोकप्रिय काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
From the publisher's feed