
Sign up to save your podcasts
Or


एसीसी अण्डर–ज्ञढ एसिया कप २०२१ मा सहभागीता जनाउन नेपाली टोली आज यूएई जाँदै भएको छ । १६ खेलाडी र अफिसियलसहित १९ सदस्यीय नेपाली टोली आज राति साढे १० बजे हिमालयन एयरलाईन्समार्फत यूएई जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानले नेपाली टोलीलाई काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । पुस ८ गतेदेखि आयोजना हुने एसिया कपमा सहभागीता हुने देशहरूमध्ये नेपालले मात्रै छनोट प्रतियोगिता आयोजना गरि राष्ट्रिय टिम बनाएको महाप्रबन्धक रौनक बहादुर मल्लले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि चुम्ने लक्ष्य राखेको नेपालले कस्तो तयारी गरेको छ त ?
कमलामाई नगरलाई आत्मानिर्भर बनाएका छौ, सुत्केरीलाई घ्यू बाँडेका छौ : मेयर, खड्गबहादुर खत्री
भूकम्पपछि नयाँ अवसर र सम्भावनाको रुपमा पुनर्निर्माणको काम सम्पन्न भएको छ : अध्यक्ष, विष्णुप्रसाद भट्ट
पुर्वाधार विकासमात्र नभई समग्र विकासको प्रयास गरेका छौँ : मधुकृष्ण पन्त, छत्रकोट गाँउपालिका, गुल्मी
जाडोबढेसँगै मौसमी रुघाँखोकीका बिरामी बढ्न थालेका छन् । जाडोमा रोग प्रतिरोधात्मक क्षमता कम हुने र भाईरस सक्रिय हुने भएकाले समस्या बढ्ने गरेको हो । जाडोमा मौसमी रुघाँखोकीले बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा बढी समस्या हुने चिकित्सकले बताएका छन् । सामान्य रुघाँखोकी भनेर लापरवाही नगर्न पनि चिकित्सकको सुझाव छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई सहकर्मी विना न्यौपानेले मौसमी रुघाँखोकी चिसो मौसममा मात्रै हुने हो कि अन्य मौसममा पनि हुन्छ ? भनेर सोध्नु भएको छ ।
जाडोयाममा धेरैजसो मानिस तातो पानीमा नुहाउन रुचाउँछन् । तातोपानीका लागि सजिलो उपकरण हो, ग्यास गिजर । ग्यास गिजरले तातोपानी त दिन्छ तर कतिपय अवस्थामा यसको सही प्रयोग नहुँदा वा प्राविधिक समस्या हुँदा मानिसको ज्यानै जान सक्छ । ग्यास गिजर तथा कोठा तताउन प्रयोग गरिने हिटरलगायत जैविक उर्जा उत्पादन गर्ने प्रविधिको प्रयोगमा ध्यान दिन विज्ञहरुको सुझाव छ ।
कार्यक्रम ‘स्थानिय आवाज’ मा मिक्लाजुंग गाउँपालिकाका प्रमुख देबीप्रसाद आचार्यसँग गरिएको कुराकानी ।।
एउटा गाँउपालिका प्रमुखको पहलमा केही नहुने रहेछ स् पदम बहादुर लामा, सीमकोट गाँउपालिका, हुम्ला
नेपाली राजनीतिमा अहिले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयले निकै चर्चा पाएको छ । प्रमुख पार्टीका महाधिवेशनहरुबाट केही नयाँ अनुहारले पार्टीमा प्रवेश पाउनु र केही आशलाग्दा नेताहरु पार्टीको पदाधिकारीमा पुग्नुले यो विषयलाई बहसमा ल्याइदिएको छ ।
कृषिलाई विशेष जोड दिएका छौँ ः दिपक विक्रम शाह नगरप्रमुख,बुढीगंगा नगरपालिका
From the publisher's feed