
Sign up to save your podcasts
Or


पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपनको मात्रा बढ्दै गएको पाइएको छ । उत्पादन बढी लिन र प्रयोग गर्न पनि सजिलो हुने भएकाले किसानले रासायनिक मलको प्रयोग अत्यधिक गर्ने गर्दा माटोको ऊर्वराशक्तिमा ह्रास भई उत्पादन समेत घट्दै गएको विज्ञहरुको भनाइ छ ।
कार्यक्रम स्थानिय आवाजमा गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठसँग गरिएको कुराकानी ।
बजेट अभावमा चाहे अनुसार विकास गर्न सकीन : जसी प्रसाद पाण्डे, खाँडाचक्र नगर प्रमुख
नेपालमा समावेशीतालाई केन्द्रित गरेर थुप्रै कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् । विभिन्न किसिमका शारीरिक अशक्तता भएका व्यक्तिलाई समेट्दै समावेशी उन्मुख समाजको विकास गर्ने प्रयास जारी छ । यस्तै अभियान स्वरुप ५ दृष्टिविहीनलाई तालिम दिएर आथित्य सत्कारमा ललितपुरस्थित एएफ्डी रेष्ट्रेण्टले सुरु गरेको एउटा नयाँ अवधारणा हो “डाइनिङ इन् द डार्क” । जसमा ५ दृष्टिविहीन भावना गुरुङ, दीपक राई, दीर्घबहादुर खड्का, सुमित लामा र कोषबहादुर दर्लामी मगरले वेटरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै समाजमा समावेशिताको प्रयासलाई स्थापित गर्न लागिपरिरहेका छन् ।
कालिन्चोकलाई देशकै आकर्षक पर्यटकिय गन्तब्य बनाएका छौँ : भीमकुमार थामी अध्यक्ष, कालिन्चोक गाउँपालिका
हिमाली पर्यटन नेपालको लागि स्थायी आम्दानीको स्रोत हो । तर हिमाल आरोहणका क्रममा आरोहीहरुबाट हुने फोहोरले पछिल्लो समय नेपालका धेरै जसो हिमाल दूषित बन्दै गएका छन्। हिमाली पर्यटनका कारण फोहोर पनि उत्तिकै उत्पादन हुने गरेको सरोकारवालाको भनाइ छ । यो समस्या समाधानका लागि सरकारले सरसफाइ अभियान पनि चलाउँदै आएको छ । सरसफाइ अभियानसँगै खर्च पनि उत्तिनै हुने गरेको छ ।
संस्थापन पक्ष विभाजित भएर उम्मेदवारी दिइरहेको अवस्थामा जितको सम्भावना : सभापतिका उम्मेद्वार शेखर कोइराला
विश्वव्यापी रुपमा कोरोना महामारी संक्रमण फैलिएसँगै स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न स्वास्थ्य विज्ञहरुले आग्रह गर्दै आएका छन् । स्वास्थ्य मापदण्डको नियम नेपालले पनि अनिवार्य रुपमा लागू गर्दै आएको छ । सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजर तथा मास्कको प्रयोग अनिवार्य पालना गर्नु कोरोनाबाट बच्न लागू गरिएका स्वास्थ्य मापदण्ड भित्र पर्दछन् । त्यसमा पनि सार्वजनिक स्थल तथा भीडभाडमा मास्कको प्रयोग अनिवार्य हो । यद्यपि, कोरोना संक्रमणको जोखिमका बीच पनि पछिल्लो समय मानिसहरु बिना मास्क घर बाहिर हिँड्डुल गर्ने गरेको पाइन्छ ।
काठमाडौँस्थित चोभारमा सुख्खा बन्दरगाह निमार्ण भएको झण्डै पाचँ महिना पूरा भएको छ। तर बन्दरगाह सञ्चालनको भने अझै टुंगो लागको छैन । ठेकेदार कम्पनी जेभीले सुख्खा बन्दरगाहको निमार्ण सकेर गत असारमा नेपाल इन्टरमोडल यातायात समितिलाई हस्तान्तरण गरेको थियो । सञ्चालनका लागि पूर्व तयारी नहुँदा सो बन्दरगाह प्रयोगविहीन छ । १ अर्ब ६८ करोड लागतको यो बन्दगाह सञ्चालन अनिश्चित बन्दा निर्माण पूरा भएका भौतिक संरचना प्रयोग नै नगरी खण्डहरमा परिणत हुने त होइन भन्ने चिन्ता बढ्दै गएको छ ।
कांग्रेसलाई नयाँ उचाईमा पुर्याउन मेरो उमेदवारी हो, जीत पक्का छ : प्रमोदहरी गुरागाईँ
From the publisher's feed