
Sign up to save your podcasts
Or


कुनैपनि विकासका पुर्वाधारहरु नभएको अवस्थामा गाँउपालिकामा धेरै परिवर्तन ल्याएका छौं : धिर बहादुर शाही, अध्यक्ष, चौकुने गाँउपालिका, सुर्खेत
विज्ञान र प्रविधिको विकाससँगै परम्परागत भौतिक मुद्रा (नोट तथा सिक्का) को प्रयोगलाई बिस्तारै डिजिटल कारोबारले विस्थापित गर्दै लगेको छ । नेपालमा पनि भौतिक मुद्राको सट्टा विद्युतीय कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । डिजिटल भुक्तानी सेवा मानिसहरुमा लोकप्रिय बन्दै गएको देखिन्छ । योसँगै बजारमा खुद्रा मुद्राको अभाव पनि देखिन थालेको छ । केही देशकअघिसम्म एक पैसादेखि पचास पैसासम्मका सिक्का छापिन्थ्यो भने अहिले ती सिक्काको मुद्रण पूर्ण रुपमा बन्द छ । साथै, अहिले राष्ट्र बैंकले एक र दुई रुपैयाँको नोटसमेत छाप्न बन्द गरेको छ । एक र दुईका सिक्का भने छाप्दै आएको छ । तर, साना रकमको मुद्राको कारोबार घट्दै गएको छ ।
राजनीतिक पहुँचका आधारमा कुनै पनि काम गरेका छैनौं ः बम बहादुर भट्टराई उप– प्रमुख फुङलिङ नगपालिका
प्रधानन्यायधीस चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै डेढमहिनादेखी कानुन व्यावसायीहरु आन्दोलनरत छन । केही दिनअघि कानुन व्यावसायीहरुले न्यायलयमा देखिएको समस्या समाधान गरिदिन राजनीतिक दलका नेतृत्वहरुसँग हारगुहार गर्न पुगे, तर हालसम्म पनि न्यायलयको समस्या स्थायी रुपमा समाधान हुन सकेको छैन ।
स्थानीय आवाजमा लमजुङ जिल्लास्थित बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालसँगको कुराकानी ।
पछिल्लो समय नेपालको अर्थतन्त्रमा तरलताको सङ्कट देखिएको छ । बैँक तथा वित्तीय संस्थामा देखिएको तरलता अन्त्य गर्न दीर्घकालीन योजना आवश्यक रहेको विज्ञहरूको जोड छ । आवश्यक तरलता प्रवाह गराइराख्न केन्द्रीय बैंकको प्रमुख उद्देश्यमा पर्छ । यद्यपि, त्यसअनुरुप प्रभावकारी काम हुन नसक्दा तरलताको संकट देखिएको विश्लेषण हुँदै आएको छ । तरलता संकटले ऋण प्रवाहमा समेत नकारात्मक असर पर्दै गएको बैंक तथा वित्तिय संस्थाहरुको भनाइ छ ।
स्थानीय आवाजमा दैलेख जिल्लास्थित दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीसँगको कुराकानी ।
केहि वर्ष यता सुरक्षा निकायमा अवकाश प्राप्त उच्च अधिकारीहरु राजीनिति दलहरुमा आवद्ध हुने क्रम बढ्दै गएको छ । अवकाश पछि राजनितिमा सक्रिय रहनेमा पूर्व आइजिपी, एआइजी डीआइजी, एसएसपी लगायतका छन् । किन राजनीतिक दलहरुमा पूर्व सुरक्षा अधिकारीहरुको झुकाव बढ्दै गएको छ ? आफू मुछिएको विवादमा राजनितिक सरंक्षण खोज्दै दलहरुमा गएका हुन् की जनताको सेवाका लागि हो उनीहरुको आवद्धता ? यो प्रश्न पेचिलो बनेको छ ।
सभापतिमा देउवाले जित्ने पक्का छ, सिटौलासँग सहमति भैसक्यो : एनपी साउद, नेता, कांग्रेस
चोभारको सुख्खा बन्दगाह कहिलेबाट चल्छ भन्न सकिदैन : आशिष गजुरेल, प्रमुख, नेपाल इन्टरमोडल समिति
From the publisher's feed