
Sign up to save your podcasts
Or


मुख्यमन्त्री राउतले पार्टीको साँख जोगाउन नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : रामनरेश राय
नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न विभिन्न चुनौतीहरूको सामना गर्दै आईरहेका छन् । प्रतिस्पर्धामा जाने खेलाडीलाई सम्बन्धित खेलकुद संघले सम्पूर्ण खर्च व्यहोर्न नसक्नु मुख्य समस्या बन्दै आएको छ । यसै कारण युएईको दुबईमा हाल भइरहेको विश्व कराँते च्याम्पियनसिपमा नेपाली खेलाडीहरु सहभागी हुनबाट बञ्चित भएका छन् ।
सिंहदरबारका सिंहहरू मात्र गाउँ पुगे दरबार पुग्न बाँकी छ : डा.रूद्र शर्मा
एमालेमा ओलीलाई चुनौती दिन कोही आउदैन्, सबै पदमा सर्वसहमत हुन्छ : एमाले नेता शेरबहादुर तामाङ
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषदमा भाग खोजेको प्रकरणपछि यतिबेला न्यायालयभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानन्यायाधीशले न्यायायल सुधारका लागि काम गर्न नसकेको तथा उहाँको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिन चौतर्फी दबाब बढ्दै गएको छ । तर, न्यायायल विवाद उत्कर्षमा पुगेको अवस्थामा पनि राजनीतिक दलहरू भने अझै मौन छन् । राजनीतिक दलसँगको साँठगाठकै कारण न्यायालयमा विकृति, विसंगति मौलाएको भन्दै तीव्र आलोचना हुँदा पनि दलहरु चुपचाप बस्नुलाई भने आश्चर्यजनक मानिएको छ ।
सहमति कार्यान्वयनका लागि हतियार उठाउनु पर्दैन, सडक आन्दोलन नै काफी हुन्छ: गुणराज लोहनी, केन्द्रीय सदस्य नेकपा
पछिल्लो चार वर्षमा हिरासत र कारागारमा रहेका २१ जना थुनुवा तथा कैदीको शंकास्पद मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्याङक छ । आर्थिक वर्ष २०७६-७७ र २०७७-७८ मा ६–६ जना कैदीको शंकास्पद मृत्यु भएको छ । प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५-७६ मा पाँच जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७४-७५ मा ४ जनाको मृत्यु भएको थियो । यसरी राज्यको नियन्त्रणमा रहेका व्यक्तिको शंकास्पद मृत्युले सरकारमाथि नै प्रश्न उठ्ने गरेको छ ।
आज विश्व मधुमेह दिवस । मधुमेह उपचारमा पहुँच भन्ने नाराका साथ मधुमेहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएकोमा करिब ४० वर्षपछि अहिले यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ । विश्वका करिब ९० करोड मानिसमा मधुमेह भएको हुनसक्ने जनाइएको छ । नेपालमा पनि कुल जनसङ्ख्याको ८.४ प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान छ ।
जलवायु परिवर्तनबारे के भन्छन् यसबारेमा चासो राख्ने राजु जाति ?
जलवायु परिवर्तनबारे युवापुस्ता_ उषा आचार्य के भन्छिन्
From the publisher's feed