हुन त कोभिडको संक्रमणबाट सुरक्षित हुनका लागि पोहोर लकडाउन गरिएको भएपनि बेथितिका अरु भाईरसहरुले हामीलाई यो एक साल गांजी नै रह्यो | बिस्तारै थोरै न्यु नर्मल तिर जान हामी रेडी हुँदै थियौं फेरि नयाँ सालको सुरुवातसँगै कोभिडको दोश्रो लहरको त्रास सुरु हुन थालेको छ | अहिले फेरि दिनदिनै समाचारमा संक्रिमत र मृत्युका संख्या सुनिएसँगै देश फेरि लकडाउनमा गएको छ | कोभिड संक्रमित बढ्नु एउटा निराशाको कुरा हो त्योसँगै अर्को निराशाको पाटो के हो भने संक्रमित बढेसँगै अस्पताल, भेन्टिलेतर र अन्य आवश्यक श्रोत साधनहरु नबढ्नु हो | सुरुमा नयाँ थियो सरकारलाई तयारि गर्न समय पुगेन होला भन्न पनि सकिन्थ्यो तर अब सरकारसँग त्यो बहाना पनि छैन ! सरकार आफ्नो नागरिक प्रति यो महामारीमा कत्तिको जवाफदेही हुनुपर्थ्यो र हुनुपर्छ अनि हामी आफै पनि कत्तिको सतर्क छौं त? भनेर आज मैले यो पोडकास्टमा यहि पेरिफेरिमा बसेर साथीहरु दिप्ती आचार्य, बिबेक लामा ब्लोन र कैलाश न्यौपाने गफ गर्दै छन् | कोरोना कोरोना मात्र भनेर कत्ति बोर भएर बस्ने आउनुहोस् बोर लाग्ने कुराहरुमा पनि केहि रचनात्मक गफगाफ गरौँ !
'Kya Bore Bhayo’ is a Nepali podcast series in which we discuss on the contemporary issues and will be released on every Thursday from this TANNERI DABALI.
Host: Dipti Acharya Speakers: Bibek Tamang and Kailash Neupane
Podcast Team: Bibek Tamang, Deep Jyoti Shrestha, Dipti Acharya, Jyoti Mandal, Kailash Neupane, Nabin Silwal
Song and Music: Bibek Tamang
Editor: Bibek Tamang and Nabin Silwal
Script: Dipti Acharya and Kailash Neupane