भेटेको कतिपय व्यक्तिहरुका दुःख, पिडा देख्दा लाग्छ, इश्वर पनि विभेदी छन । उनीहरुको पिडाले मनभित्र घोचिरहन्छ । आखिर जस्तो भए पनि जिवन भोग्नै पर्ने । सञ्चार कर्मको यात्रामा यस्ता धेरै असहाय, पिडाका कथाहरुसँग मेरो जम्काभेट भइरहन्छ । यस्ता कथाहरुलले मेरा दुःखहरुलाई बिसाईदिन्छ । मेरो सञ्चार कर्ममा रहँदा मेरो उद्देश्य भनेकैे उनीहरुलाई सुन्ने कोही छ, अनि अलिकति भए पनि उनीहरुमा आशा पलाओस यति हो, अरु के नै गर्न सकुँला र ? त्यसैले होला करिब १३ वर्षको मेरो सञ्चार कर्मको यात्रामा यहाँसम्म आईपुग्दा जस्तो सुकै कठिनाई भए पनि सहज मानेकी छु । कतिपय पिडाहरुमा तपाई हामी सबै मिलेर मल्हम लगाउन सक्यों, यसले उत्साह मिल्छ । आज यस्तै एउटा दुखान्त कथा लिएर तपाई माझ उपस्थित भएकी छु । ओखलढुंगा सिद्धिचरण नगरपालिका ५ का गंगा र जमुना ११ १२ वर्षका भए । उनीहरुमा अटिजमको समस्या छ । बोल्न सक्दैनन र सोच्ने क्षमता कम्जोर छ । परिवारमा सबैलाई उनीहरु कै चिन्ता छ । केही दिन अघि उनीहरुकै घरमा पुगी उनीहरुका आमा निर्मल र हजुरआमा उमा देवि दहालसँग भलाकुसारी गरेकी छु । भलाकुसारीको क्रममा कयौं पटक हाम्रो आँखा रसायो, मन भक्कानियो, गला अबरुद्ध भो । तर पनि हामीले दुःख सुख बाँडेका छौं अब बाँकी भलाकुसारी बाट नै