ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत सिबिआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमले जिल्लाको मोलुङ र खिजिदेम्बा गाउँपालिकामा सेवा प्रदान गरिरहेको छ । यस कार्यक्रमले अपाङ्गता भएकाहरुको शिक्षा, स्वास्थ्य, पैरवी लगायतको क्षेत्रलाई मध्ये नजर गर्दै सेवा दिदै आएको छ । जस मध्ये पालिकाको हरेक वडा र गाउँपालिका स्तर मै अपाङ्गताहरुको अपाङ्गता समन्वय समिति गठन गरेको छ । यहि समिती मार्फत संस्थाले एकजुट भई संविधान र कानुनले प्रदत्त गरेको अपाङ्गताहरुको हक अधिकारको बारेमा जानकारी दिनुका साथै अगाडि बढ्न मद्दत गरिरहेको छ । समितीहरु हरेक महिनामा बैठक बस्ने, अपाङ्गता भएकाहरुको हक र अधिकारको बारेमा छलफल गर्ने साथै अपाङ्गता भएकाहरुको जिविकोपार्जनको लागि बचत, ऋण लिनेदिने जस्ता कृयाकलापहरु गर्दा रहेछन । खिजिदेम्बा ४ खिजिकातीको वडा स्तरको समितिको बैठकमा मैले पनि सहभागी हुने मौका पाएँ । बैठक पछि मैले समितिका सचिव सोमछिरिङ तामाङ, उपाध्यक्ष बिनिसा सुनुवार र अध्यक्ष डेण्डि शेर्पासँग भलाकुसारी गरेकी छु । अब बाँकी चाँहि भलाकुसारी बाटनैःःःःःःःःःःः