हामी सबैको मन मस्तिष्कमा खोप भनेको ५ वर्ष मुनिका बालबालिकालाई लगाउईने सुई हो । तर आज कोरोनाले संसारमा जिवित सबैलाई खोप लगाउने बनायो । शुरुमा कोरोना विरुद्धको खोपले मरिने, बिरामी हुने होकि भन्ने हिसाबले धेरैले लगाउन मानेन । तर जब कोरोनाको दोस्रो लहर चल्यो, त्यस पछि खोप त लगाउनै पर्ने रहेछ भन्ने भएको छ । हुन त आज पनि समाजमा खोपको महत्वको बारेमा नबुझेका व्यक्तिहरुले खोप लगाएका छैनन । नेपाल सरकारले जेष्ठनागरिक, अपाङ्गता भएका व्यक्तिहरु जो खोपकेन्द्रमा गएर खोप लगाउन सक्दैनन, उनीहरुलाई घरमै गएर खोप लगाउन निर्देशन गरेको छ । तर यो व्यवहारमा खासै लागु भएको पाईएको छैन । जुन कारणले अशक्त व्यक्तिहरु कोरोना विरुद्धको खोपबाट वञ्चित भएका छन । आजको बसाईमा कोरोना विरुद्ध लगाईने खोपको बारेमा जानकारी पाउनु हुनेछ । यसको लागि मैले ओखलढुंगा स्वास्थ्य कार्यालयमा भर्खरै नियुक्त हुनु भएका स्वास्थ्य प्रमुख महमत मन्सुरसँग कुराकानी गरेकी छु । कार्यक्रममा लागौं कुराकानी तर्फ नै ःःःःः