ङावाङ छिरी शेर्पा शारिरीक अपाङ्गता हुन । ओखलढुंगा मोलुङ गाउँपालिकाको वडा नं ७ पात्ले हुन उनी । सानै उमेरमा बिरामी परेका कारणले अपाङ्गता हुन पुगे । पात्लेमा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम (शिबिआर) समितिको उपाध्यक्ष भएर वडामा भएका आफु जस्तै अपाङ्गता भएकाहरुको हक हितका लागि सेवा गरिरहेका छन । सरकार र परिवारकोले चासो नलिएकै कारण अझै पनि अपाङ्गता भएकाहरुले परिचय पत्र नपाएको उनको भनाई छ । उनलाई अपाङ्गता भएकाहरुलाई अपमान गर्नेहरुसँग धेरै रिस उठ्छ । ङावाङ, उनको परिवार र उनको सेवाको बारेमा भलाकुसारी गरेकी छु । ओखलढुंगा सामुदायिक अस्पताल अन्र्तगत समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमले मोलुङ र खिजिदेम्बा गाउँपालिकामा वडा र पालिका स्तरिय अपाङ्गताहरुको समिति गठन गरेको छ । अहिले समितिले अपाङ्गताको हक हितको लागि उनीहरुले स्थानिय सरकारसँग सहकार्यको शुरुवात भएको छ । वास्तवमा यस्ता कार्यक्रम देशैभर आवश्यक छ । यदि गाउँघरमा रहेका अपाङ्गता भएका व्यक्तिहरु एक जुट भएर संविधान, ऐनले व्यवस्था गरेको आफ्नो हक र अधिकार खोज्ने हो भने पक्कै अपाङ्गता भएका व्यक्तिहरु छिट्टै समाजमा पुर्नस्थापित हुने थिए । यसको लागि अपाङ्गता भएका व्यक्तिहरु आफै, अपाङ्गताका परिवार, समाज, स्थानिय सरकार सबैले सहयोगको खाँचो छ ।
अनि अवसर सबैलाई आवश्यक हुन्छ, अपाङ्गता भएकालाई जस्तै साङ्गलाई पनि । अवसर पाए केही न केही सबैले गर्न सकिन्छ । तर हाम्रो समाजमा रहेका लक्षित वर्ग जस्तै अपाङ्गता, महिला, बालबालिका र अल्पसंख्याक जो पिछडिएका छन उनीहरुलाई विशेष अवसरको खाँचो पर्छ ।