अपाङ्गता भएका व्यक्तिहरु मांग्ने होइनन, उनीहरुलाई दया र माया भन्दा पनि अवसरको खाँचो हुन्छ । अहिले एक ठाउँमा बसेर संसार देख्न सकिन्छ । संसारमा धेरै कुरा बद्लियो तर मानिसको सोच र सचेतनामा उल्लेख्य परिवर्तन आउन बाँकि छ । अपाङ्गता भएका व्यक्तिहरु मांग्ने होइनन, माग्ने जस्तो नसम्झिदिनुस, यो आवाजले मनमा नमज्जासँग हानेको छ । सायद तपाईलाई पनि हान्ने छ । झण्डै १ महिना भयो एक अन्जान नम्बरबाट फोन आयो । तपाई ओखलढुंगा आफ्नो एफएमको बिनु राई हो ? मैले हो भने । दिदी मैले तपाईको कार्यक्रम दृष्टिकोण धेरै पहिला देखि सुन्छु, मलाई पनि यस कार्यक्रममा आफ्नो मनको कुराहरु भन्न मन छ । उनी उदयपुर जिल्लाको बेलका नगरपालिका ८ का टिका राम राई रहेछन । भन्दै थिए, दिदी म एक जन्मै पुर्ण दृष्टिविहिन हुँ, धन्यवाद दिदी तपाईले कार्यक्रम सञ्चालन गर्नु भएकोले हामीले धेरै कुरा सिक्न पाएं, आत्मबल बढेको छ, अझै निरन्तरता दिनु होला । उनीसँग निक्कै लामो गफियौं । हामी दुवै खुशी भयौं । केही दिन अघि रेडियो कार्यक्रम कै लागि भनेर टेलिफोनको माध्यमबाट नै भलाकुसारी गरेका छौं । अब बाँकि चाँहि टिकारामसँग फोनमा भएको सम्बादबाट नै