देशका विभिन्न भागमा अविरल परेको पानीका कारण केही मानवीयसहित भौतिक क्षति भएका छन्। वर्षाका कारण हुने प्रकोपको जोखिम न्यूनीकरण गर्न सरकारले नियमित जानकारी प्रवाह गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामाजिक सञ्जालमार्फत् मौसमी अवस्थाबारे जानकारी, त्यसको विश्लेषण तथा पूर्वानुमानहरूबारे जानकारी दिइएको उसले उल्लेख गरेको छ। कतिपय राजमार्ग अवरुद्ध हुँदा हजारौँ मानिसले यात्रामा सास्ती खेपेका छन् भने तटीय क्षेत्र आसपास घर भएकाहरू बाढीले पुर्याउन सक्ने क्षतिका कारण त्रासमा छन्। यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलसँग गनी अन्सारीले गरेको कुराकानी।