महिलामा देखिने पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा एक वर्षमा २,५०० देखि ३,००० महिलाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ। सरकारले यसलाई न्यूनीकरण गर्न यो वर्षको बजेटमा पनि महिलामा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विस्तार गर्ने घोषणा गरिएको छ। पाठेघरको क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस अर्थात् एचपीभी खोप कार्यक्रम विभिन्न जिल्लामा सञ्चालन गरिरहेको सरकारले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)सँग थप खोप मगाएको छ। यसै सन्दर्भमा विजय गजमेरले स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिलाई यो क्यान्सर के कारणले हुने गर्छ भनी सोधेका छन्।