राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभाबाट पारित भएको मिटरब्याज पनि भनिने अनुचित लेनदेनसम्बन्धी मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ। शुरूको विधेयकमा थपघट गरी प्रतिनिधिसभाले पारित गरेपछि आन्दोलन नरोकेका पीडितहरू राष्ट्रियसभाको कदमपछि थप असन्तुष्ट बनेका छन्। देशको विभिन्न जिल्लाका मिटरब्याज पीडितहरू महिनौँदेखि काठमाण्डूमा आन्दोलन गरिरहेका छन्। विधेयक पीडितको पक्षमा नभइ ऋण दिने ऋणदाताको पक्षमा भएको उनीहरूले बताएका छन्। यसैविषयमा हामीले काठमाण्डूमा धर्नामा बसेकी एकजना मिटरब्याज पीडित पुनम महतोसँग विनिता दाहालले गरेको कुराकानी।