भारतले आफ्नो अन्तरिक्षयान चन्द्रयान-३ लाई चन्द्रमाको सतहमा सफल अवतरण गराउँदै इतिहास रचेको छ। योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अन्तरिक्षयान अवतरण गराउने भारत विश्वको पहिलो मुलुक बनेको छ। चन्द्रमामा विक्रम ल्यान्डरको नियन्त्रित अवतरणपछि प्रज्ञान रोभर त्यसबाट निस्कनेछ र चन्द्रमाको सतहमा अन्वेषण गर्नेछ। जुलाई ४ तारिखमा भारतीय समय अनुसार दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान-३ चालीस दिन लामो यात्रा पूरा गर्दै चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका लागि यो अभूतपूर्व सफलता भएको बताएका छन्। यो सफलतासँगै भारतमा देखिएको माहोलबारे दिल्लीस्थित नेपाली पत्रकार राजेश मिश्रसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्।