नेपालमा सन् २०२३ शुरू भएयता अहिलेसम्म १३,००० जनाभन्दा बढी व्यक्ति डेङ्गीबाट सङ्क्रमित भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। लामखुट्टेको टोकाइबाट हुने डेङ्गी सङ्क्रमणबाट हालसम्म १० जनाको ज्यान गएको तथ्याङ्क छ। मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म ७४ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएकोमा सबैभन्दा धेरै कोशी प्रदेश प्रभावित भएको छ। यसै सन्दर्भमा गनी अन्सारीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीलाई सबैभन्दा पहिला अहिलेको सङ्क्रमण दरले के सङ्केत गर्छ भनेर सोधेका छन्।