राष्ट्रिय परीक्षा बोर्डद्वारा यो वर्षको कक्षा १२ को सार्वजनिक परीक्षाफल अनुसार ५१ प्रतिशत परीक्षार्थीले उत्तीर्ण हुने मापदण्ड अर्थात् ग्रेडशिट प्राप्त गरेका छन्। गत वर्षको तुलनामा यो तीन प्रतिशतले बढी भएको मङ्गलवार परीक्षाफल सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। बोर्डका अनुसार यो वर्ष ननग्रेडेड परीक्षार्थीको सङ्ख्या ४९.०९ प्रतिशत रहेको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई परीक्षा दिएकामध्ये झन्डै आधा विद्यार्थी पहिलो प्रयासमा विश्वविद्यालय तह उक्लिन नसक्नु चिन्ताको विषय होइन र भनेर सोधेका छन्।