सत्ताधारी गठबन्धनको नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले "ललिता निवास जग्गा हिनामिना सहितका चर्चित प्रकरणलाई सत्ता गठबन्धनभित्रको अन्तरसङ्घर्षले प्रभावित तुल्याएको" टिप्पणी गरेका छन्। उक्त प्रकरणमा खनालको पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि जोडिएको छ। दुवै नेताले प्रहरी अनुसन्धानलाई सघाउने बताउँदै आएपछि प्रहरीले उनीहरूकै निवासमा पुगेर 'बयान कागज' गराएको थियो। पूर्वप्रधानमन्त्री खनालले गठबन्धन सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएकामा बीबीसी न्यूज नेपालीका शरद केसीले सबैभन्दा पहिला के तपाईँ यो गठबन्धनको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा हो भनेर सोधेका छन्।