नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा आरोपित दुईजना पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउन गरेको सिफारिसले अदालतको आदेश पालना नभएको उक्त प्रकरणबारे छानबिन गरेका एक पूर्वअधिकारीले बताएका छन्। सो प्रकरण छानबिनका लागि यसअघि सरकारले गठन गरेको समितिका संयोजक शारदाप्रसाद त्रितालले भूतपूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउन गरिएको सिफारिस राजनीतिक प्रभावबाट प्रेरित भएको दाबी गरे। बीबीसी न्यूज नेपालीका अशोक दाहालले पूर्वसचिव त्रिताललाई सीआईबीले मुद्दा चलाउन गरेको सिफारिसबारे सोधेका छन्।