नेपाललाई लोडशेडिङमुक्त देश घोषणा गरिए पनि झ्याप्पझ्याप्प बिजुली जाने अवस्था देखिन थालेको गुनासो पछिल्लो समय बढ्दै गएको छ। नेपालमा अत्यधिक बिजुली खपत हुने पीक आवरको माग २,००० मेगावाटभन्दा कम रहे पनि विद्युत् जडित उत्पादन क्षमता २,६८४ मेगावाट छ। प्रसारणलाइन विस्तार नभए उच्च मात्रामा विद्युत् उत्पादन हुने वर्षायाममा देशभित्रै गुणस्तरीय विद्युत् प्रवाह र विदेशमा व्यापार गर्न अब ठूलो समस्या हुन सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईलाई हाल निर्माणाधीन प्रसारणलाइनहरूको महत्त्वबारे सोधेका छन्।